५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाल सहित दक्षिण–पूर्वी एसियामा कोरोना नियन्त्रणका लागि तत्काल कदम चाल्न डब्ल्यूएचओको चेतावनी



काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छ ।

यसअघि कोरोना माहामारीको केन्द्र युरोप भएको बताएको डब्ल्यूएचओले एसिया पनि सङ्कटमा पर्दै गएको भन्दै दक्षिण–पूर्वी एसियामा तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।

नेपाल सहित एसियाका थाइल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र भुटानमा कोरोनाको सङ्क्रमण यसअघि भेटिएकाले रोकथामको लागि तत्काल कदम चाल्न डब्ल्यूएचओले चेतावनी देएको हो ।

अहिलेसम्म दक्षिण–पूर्वी एसियाका आठ देशमा कोरोनाको सङ्क्रण देखिएको छ । नेपालमा एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पनि उनी पूरै निको भएको पनि डब्ल्यूएचओले जनाएको छ ।

त्यस्तै थाइल्याण्डमा एक सय ७७, इन्डोनेसियामा एक सय ३४, भारतमा एक सय २५, श्रीलङ्कामा १९, माल्दिभ्समा १३, बङ्गलादेशमा पाँच र भुटानमा एक जनामा सङ्क्रमण देखिएको छ ।

ुसङ्क्रमण फैलिने क्रम तीव्र बनेको छ । थप अन्य व्यक्तिमा सङ्क्रमण हुन नदिन तत्काल पहल गर्नुपर्छु, विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डाक्टर पूनम क्षेत्रपाल सिंहले भनिन् ।

यसैबीच युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्य राष्ट्रबाहिरका देशहरुको लागि ३० दिनको प्रतिबन्ध लगाएको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको सङ्क्रमण चीनमा नियन्त्रणतिर गइरहेको बेला विश्वका अरु देशमा फैलने क्रम तीव्र बनेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अहिलेसम्म एक सय ६५ देश एक लाख ९८ हजार चार सय २२ जनामा सङ्क्रमण भएकोमा ८२ हजार सात सय ६२ जना उपचारपछि निको भएका छन् । सात हजार ९ सय ८७ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : २३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान