१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

नेपाल सहित दक्षिण–पूर्वी एसियामा कोरोना नियन्त्रणका लागि तत्काल कदम चाल्न डब्ल्यूएचओको चेतावनी



काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एसियामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छ ।

यसअघि कोरोना माहामारीको केन्द्र युरोप भएको बताएको डब्ल्यूएचओले एसिया पनि सङ्कटमा पर्दै गएको भन्दै दक्षिण–पूर्वी एसियामा तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।

नेपाल सहित एसियाका थाइल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र भुटानमा कोरोनाको सङ्क्रमण यसअघि भेटिएकाले रोकथामको लागि तत्काल कदम चाल्न डब्ल्यूएचओले चेतावनी देएको हो ।

अहिलेसम्म दक्षिण–पूर्वी एसियाका आठ देशमा कोरोनाको सङ्क्रण देखिएको छ । नेपालमा एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पनि उनी पूरै निको भएको पनि डब्ल्यूएचओले जनाएको छ ।

त्यस्तै थाइल्याण्डमा एक सय ७७, इन्डोनेसियामा एक सय ३४, भारतमा एक सय २५, श्रीलङ्कामा १९, माल्दिभ्समा १३, बङ्गलादेशमा पाँच र भुटानमा एक जनामा सङ्क्रमण देखिएको छ ।

ुसङ्क्रमण फैलिने क्रम तीव्र बनेको छ । थप अन्य व्यक्तिमा सङ्क्रमण हुन नदिन तत्काल पहल गर्नुपर्छु, विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डाक्टर पूनम क्षेत्रपाल सिंहले भनिन् ।

यसैबीच युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्य राष्ट्रबाहिरका देशहरुको लागि ३० दिनको प्रतिबन्ध लगाएको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको सङ्क्रमण चीनमा नियन्त्रणतिर गइरहेको बेला विश्वका अरु देशमा फैलने क्रम तीव्र बनेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अहिलेसम्म एक सय ६५ देश एक लाख ९८ हजार चार सय २२ जनामा सङ्क्रमण भएकोमा ८२ हजार सात सय ६२ जना उपचारपछि निको भएका छन् । सात हजार ९ सय ८७ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : २३ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का