७ चैत्र २०८२, शनिबार | March 21, 2026

सरकारले आगामी अप्रिल ३० सम्मभीडभाड हुने सबै ठाउँ बन्द गर्ने निर्णय : २५ जना बढी मानिस भेला हुन नपाउने (पत्रसहित)



काठमाडौ । कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट जोगिन ‘कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले आगामी अप्रिल ३० सम्म भीडभाड हुने सबै ठाउँ बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित यस समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै बैठकले कोरोनाबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने प्रस्ताव गरेको छ ।

त्यस्तै बैठकले अत्यावश्यक काममा बाहेक हिडडुल नगर्ने, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरु पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मज्दि, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन बन्द गर्ने प्रस्ताव गरेको छ ।

बैठकले कोरोना संक्रमणबाट जोगिन तथा संक्रमित भएमा अपनाउने पर्ने साबधानीबारे १४ बुँदे प्रस्ताव गरेको हो ।

त्यस्तै बैठकले सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च मध्येरातीदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने प्रस्तावसमेत गरेको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : ४६ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका