१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

सियारीमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै



सियारी । सियारी गाउँपालिकाले नोबेल कोरोना (COVID–19) पूर्वतयारीलाई तीव्रता दिएको छ । गाउँपालिकामा अहिले विभिन्न सचेतनामूलक कार्यक्रम, ब्यानर टाँस्ने तथा पर्चा पम्पलेट बाँड्ने कार्य भैरहेको गाउँपालिकाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखिममा नेपाललाई राखेसँगै अहिले विभिन्न सचेतनामूलक कार्य भैरहेको र सियारी गाँउपालिकामा पनि यस खालका सचेतनामूलक कार्यक्रम भैरहेका गाउँपालिका अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो ।

सियारी गाउँपालिकाका विभिन्न सरोकारवालाहरुको बैठक बसी बुधबार नै विभिन्न निर्णय गरिएको उहाले बताउनुभयो । पूर्वतयारी र त्यसपछिका अवस्थाको व्यवस्थापनका लागि साझा रणनीति तय गर्नेसमेत निर्णय भएको गाउँपालिका अध्यक्ष थारुले बताउनुभयो ।

बैठकले विभिन्न ठाउँमा सूचना प्रवाह गर्ने, ब्यानर, पम्पलेट तथा ब्रोसर वितरण, सचेतनामूलक कार्यक्रम गर्ने, कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै अति अवाश्यक कामबाहेक गाउँपालिका बासिहरुलाई घर बाहिर ननिस्किन अनुरोध गरिएको र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बुधबारदेखि नै लागुहुने गरि सियारीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने निर्णयसमेत गरिएको गाउँपालिकाकी प्रवक्ता तथा पालिका उपाध्यक्ष अमृता गुरुङले जानकारी दिनुभयो ।

साथै बैठकले पूर्ण सरसफाई तथा स्वास्थ्य पोषण कार्यक्रम सफल बनाउन गाउँवासीलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ३५ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का