१८ भदौ २०८३, बिहिबार | September 3, 2026

कोरोना बिरुद्ध बुटवल यातायातको सचेतना अभियान शुरु



बुटवल । बुटवलमा प्रधान कार्यालय रहेको बुटवल यातायात प्रा.लि.ले कोरोना भाईरस बिरुद्धे सचेतना अभियान सञ्चालन गरेको छ । उक्त अभियान शुक्रबारदेखि सुरु भएको हो ।

कोरोनाको संक्रमणबाट आफू पनि बचौं र यात्रुलाई पनि बचाऔं भन्ने उद्देश्यले समिति मातहत सञ्चालन हुने गाडीको चालक तथा सहचालकहरुले अनिवार्य मास्क प्रयोग गर्ने, गाडी सञ्चालन गर्नु अंगाडी नै गाडीमा डिसईन्फेक्सन स्प्रे गरेर रुटमा प्रवेश गराउने तथा यात्रुहरुलाई समेत सचेत हुन आह्वान गर्ने गरी अभियान सुरु गरिएको बुटवल यातायात प्रा.लि.का अध्यक्ष रबिन्द्रमान श्रेष्ठले जानकारी गराउनु भयो ।

उक्त अभियान अन्तरगत विश्वमा महामारीको रुपमा फैलिएको कोरोना हुन नदिनकालागि उक्त प्रा.लि. मार्फत सञ्चालन हुने गाडीमा डिसईन्फेक्सन स्प्रे गरेर मात्रै सञ्चालन गरिने छ । एक पटक स्प्रे गरेपछि त्यसले २४ घण्टासम्म काम गर्ने र प्रत्येक दिन स्प्रे गरेर गाडी सञ्चालनको व्यबस्था मिलाईएको प्रा.लि.का सचिव तथा अभियानका संयोजक दिपक श्रेष्ठले बताउनुभयो ।

त्यस्तैगरी प्रा.लि.ले मास्क उपलब्ध गराईएको र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सबै गाडीका चालक तथा सहचालकलाई उहाँले आग्रह गर्नुभयो । बुटवल यातायात प्रा.लि. अन्तरगत अहिले करिव ३५० गाडी सञ्चालनमा रहेका छन् । पछिल्लो समय उक्त प्रालिले भैरहवा काठमाण्डौकालागि ५ वटा एसी बस समेत सञ्चालन सुरु गरेको छ ।

आफूहरुको प्रा.लि. मार्फत सञ्चालित गाडीमा यात्रा गर्दा यात्रुहरुलाई पनि सुरक्षित महशुस गराउनकालागि अभियान चलाईएको र ढुक्क भएर यात्रा गर्न समेत प्रा.लिका निवर्तमान अध्यक्ष डिलबहादुर थापाले आग्रह गर्नुभयो ।

उक्त प्रा.लि.ले यात्रुलाई समेत कोरोना भाईरस संक्रमणबाट बँच्न सचेत हुन आग्रह सिट क्षमता भन्दा बढी यात्रु नबोक्न चालक सहचालकलाई आग्रह गरेको छ भने सिट नहुँदा झुण्डीएर यात्रा नगर्न समेत यात्रुलाई अपिल गरिएको छ ।

त्यस्तै स्वास्थ्यमा समस्या छ भने समयमै चेकजाँच गराउन र आफूलाई कोरोना भएको आशंका लागेको छ भने सार्वजनिक यातायातको माध्यम प्रयोग नगर्न पनि अपिल गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : ४४ बजे

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री

‘आमा, धन्न बाँचेर आएँ…’

काठमाडौँ । ‘आमा, म बाँचेर आएँ । तपाईं किन रुनुभएको

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा