२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोनाको त्रासका कारण : पाँचतारे होटल याक एण्ड यति बन्द



काठमाडौ । कोरोनाका त्रासका कारण काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिले शनिबार सूचना टाँसेर अनिश्चितकालीन रुपमा होटल बन्द गर्न आह्वान गरेको छ ।

होटल व्यवस्थापनले आधिकारिक ट्रेड युनियनसँग छलफल समेत नगरी मजदुरलाई २५ प्रतिशत मात्रै सुविधा दिने र त्यसमध्ये पनि १२।५ प्रतिशत सरकारले व्यहोर्ने एकतर्फी सूचना टाँस गरेर होटल बन्द गरेको हो ।

शुक्रबार १३ वटा कोठामा ३५ जना गेष्ट रहेको होटेलले शनिबार बिहान ब्रेकफास्ट खुवाएर उनीहरुको बिदाई गर्दै होटल बन्दको एकतर्फी सूचना टाँस गरेको आधिकारिक ट्रेड युनियन, होटल याक एण्ड यतिका अध्यक्ष वेद रायले बताउनुभयो ।

छलफलबिनै १२।५ प्रतिशत तलब दिएर कर्मचारीलाई बिदा गर्नु गैरकानूनी भएको भन्दै श्रम ऐनको प्रावधानअनुसार कम्तीमा ५० प्रतिशत तलब सुविधा दिनुपर्ने माग उहाले गर्नुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : २० बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा