८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना भाइरस : यस्तो छ स्वास्थ्यकर्मीको माग



काठमाडौ । विश्वभर आतंक मच्चाईरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिममा स्वास्थ्यकर्मीहरु पनि छन् । कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु सो भाइरसको संक्रमणमै परेकाका खबरहरु पनि आइरहेका छन् ।

कोरोना भाइरसका संक्रमित बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु सो भाइरसको सम्पर्कमा आएका हुन्छन् । यस्तो उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले आफूलाई उक्त भाइरसको संक्रमणबाट बचाउन पर्याप्त सावधानी पनि अपनाएका हुन्छन् । तर विश्वका अन्य देशमा सो भाइरसका संक्रमितहरुमध्ये चिकित्सक पनि भएको कुरा सार्वजनिक हुँदै आएको छ ।

बिरामीको नजिक रहनु पर्ने, उनीहरुको रगत, खकार लगाएतको बिकारहरुको परीक्षण गर्नुपर्ने र संक्रमितहरुलाई उपचार गरी स्वस्थ बनाउनु जस्तो महत्वपूर्ण कार्यमा स्वास्थ्यकर्मीहरुको भूमिका अग्रपंक्तिमा हुन्छ । त्यसैले स्वास्थ्यकर्मीहरु पनि संक्रमणको जोखिममा हुन्छन् ।

कोरोनाको संक्रमण फैलँदै गएपछि विभिन्न देशहरुले यसबाट बच्न करोडौं रकमको व्यवस्था गरेका छन्, नयाँ-नयाँ अस्पतालहरुको निर्माण भइरहेको छ । आफ्ना नागरिकहरुलाई सतर्क रहन अपिल गरिएको छ । कतिपय देशले आवतजावत, हिडडुलमा प्रतिबन्ध लगाएका छन् ।

नेपाल सरकारले पनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भीडभाड (२५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ) तथा अत्यावश्यकबाहेकका काम नगर्न भनेको छ । कोरोनाबाट बँच्ने उपाय अपनाउँदै यसको जोखिम न्यूनीकरणका लागि सरकारलाई सहयोग गर्नु नागरिकको कर्तव्य पनि हो । आइसोलेसन वार्ड, सेल्फ क्वारेन्टाइन तथा सीमामा निगरानी बढाएको छ भने विमानस्थल, सीमानाका लगायतका क्षेत्रमा स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाएको छ ।

यद्यपी सरकारको यो तयारी पर्याप्त छ त ? भन्ने कोँणबाट पनि प्रश्न उठेका छन् । सरकारले भीडभाड नगर्न, २५ जनाभन्दा बढी मानिस जम्मा नहुन भनेको छ । विश्वका शक्ति राष्ट्रहरुमा पनि यो भाइरसले आतंक मच्चाइरहेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दा सरकारी तयारी समान्य भन्दा बढी होइन ।

सरकारले कोरोना उपचारका लागि निश्चित अस्पताल तोकेको छ । ती अस्पतालमा कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई भत्ता दिने तथा उनीहरुको स्वास्थ बीमा गरिदिने निर्णय गरेको छ । साथै उनीहरुलाई त्यसबखत आवश्यक सबै किसिमको सेवा सुविधा र आवश्यक सामाग्री उपलब्ध गराइने निर्णय गरेको छ ।

तर, सम्पूर्ण स्वास्थ्यकर्मीलाई यो सेवा तथा सुविधा प्राप्त हुन सक्ने अवस्था देखिँदैन । पछिल्लो स्थिति हेर्दा बिरामीको उपचारमा संलग्न हुँदा प्रयोग गर्नुपर्ने अत्यवश्यक समानहरु पनि उपलब्ध हुन सक्ने अवस्था देखिएको छैन ।

कोरोनाविरुद्ध सरकारले गरेको निर्णय राम्रो भए पनि सरकारले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको सामग्री उपलब्ध नगराएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए ।

अहिलेको अवस्था स्वास्थ्यकर्मीलाई भत्ता, बीमा जस्ता सुविधाले मात्र प्रोत्साहन गर्न नसकिने उनले बताए । स्वास्थकर्मीलाई तुरुन्त मास्क, चस्मा, गाउन, पञ्जा जस्ता व्यक्तिगत सुरक्षाको साम्रागी उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

सरकारले विश्व स्वास्थ्य संगठनले तोकेको एन–९५ मास्क र मेडिकल मास्क समेत उपलब्ध गराउन नसकेको अवस्थामा स्वास्थ्यकर्मीहरु निर्धक्क भएर काम गर्न सक्ने अवस्थामा नभएको उनले बताए । त्यसैले सबै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको सामग्री तत्काल उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

सरकारले कोरोना उपचारको लागि टेकु, वीर, पाटन तथा टिचिङ अस्पताललाई तोकेको छ । बिरामीसँग प्रत्यक्ष रुपमा जोडिएर काम गर्नुपर्ने ल्याप टेक्निसियन, नर्स तथा डाक्टरहरुलाई सामान्य मास्क बाहेक अरु उपलब्ध नभएको सिभिल अस्पतालमा कार्यरत ल्यापटेक्निसियन हेमराज भण्डारी बताउँछन् ।

‘सबैभन्दा बिरामीको नजिक रहेर काम गर्ने हामी हौं,’ उनले भने, ‘तर हामीलाई सामान्य मास्कबोहक केही पनि उपलब्ध गराएका छैनन् ।’

स्वास्थ्यकर्मी सबैभन्दा धेरै र नजिकबाट बिरामीको सम्पर्कमा रहने हुँदा सबैभन्दा बढी जोखिम उसैलाई हुने जानकारहरु बताउँछन् ।

कोरोना भाइसरको उत्पति भएको भनिएको चीनले उक्त महामारी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरिरहँदा युरोपमा भने यसले आतंक मच्चाई रहेको छ । कोरोनाका कारण चीनमा भन्दा इटालीमा धेरैको मृत्यु भइसकेको छ । अमेरिकाका सबै राज्यमा संक्रमण फैलिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कोरोनाबाट कसरी बच्न सकिन्छ ? भनेर त्यसको उपचारको लागि औषधि बनाउन विश्वका वैज्ञानिकहरु अनुसन्धानमा तल्लिन छन् । उनीहरु उल्लेख्य सफलताको नजिकै रहेका समाचारहरु पनि सार्वजनिक भइरहेका छन् ।

यस्तो अवस्थामा हालसम्म नेपालमा एकजनाबाहेक अरुमा कोरोनाको संक्रमण भेटिएको पुष्टि नहुनु र संक्रमण भेटिएका एकजनाको पनि सफल उपचार हुनु सुखद कुरा हो ।

तसर्थ जोखिमको संभावित क्षेत्रमा रहेकाले सरकारले अपनाएको सावधानीलाई निरन्तरता दिँदै सतर्कता बढाउनतर्फ लाग्नुपर्ने जानकारहरु बताउँछन् । त्यसका लागि स्वास्थ्यकर्मीहरुलाई अझ बढी तयारी अवस्थामा राख्नु आवस्यक भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : २३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु