२० आश्विन २०८३, मंगलबार | October 6, 2026

कोरोना भाइरसको त्रासले छ घण्टामा एक लाखले काठमाडौं छाडे



काठमाडौ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले उच्च सतर्कता अपनाउँदै केही दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, विहान ६ बजेदेखि १२ बजेसम्ममा एक लाख आठ हजार ६८५ जना काठमाडौंबाट बाहिरिएका छन् । विगतको तुलनामा यो संख्या बढी रहेको ट्राफिक प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

चैत १० गतेबाट लामो दूरीका यातायातका साधन चल्न प्रतिवन्ध लगाउने भएपछि काठमाडौं छाड्ने बढेका हुन् । आज छ घण्टाको अवधिमा काठमाडौं प्रवेश गर्नेको सख्या भने १३ हजार छ ।

हिजो दिनभरमा एक लाख ३० हजारले काठमाडौं उपत्यका छाडेका थिए । विहीबारका दिन एक लाख आठ हजार, बुधबार ९५ हजार, मंगलबार ९१ हजार, सोमबार ८८ हजार, आइतबार ८६ हजार र शनिवारका दिन ७१ हजारले काठमाडौं छाडेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ४ : ०३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते