३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोरोना भाइरसको त्रासले छ घण्टामा एक लाखले काठमाडौं छाडे



काठमाडौ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले उच्च सतर्कता अपनाउँदै केही दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, विहान ६ बजेदेखि १२ बजेसम्ममा एक लाख आठ हजार ६८५ जना काठमाडौंबाट बाहिरिएका छन् । विगतको तुलनामा यो संख्या बढी रहेको ट्राफिक प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

चैत १० गतेबाट लामो दूरीका यातायातका साधन चल्न प्रतिवन्ध लगाउने भएपछि काठमाडौं छाड्ने बढेका हुन् । आज छ घण्टाको अवधिमा काठमाडौं प्रवेश गर्नेको सख्या भने १३ हजार छ ।

हिजो दिनभरमा एक लाख ३० हजारले काठमाडौं उपत्यका छाडेका थिए । विहीबारका दिन एक लाख आठ हजार, बुधबार ९५ हजार, मंगलबार ९१ हजार, सोमबार ८८ हजार, आइतबार ८६ हजार र शनिवारका दिन ७१ हजारले काठमाडौं छाडेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ४ : ०३ बजे

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु