२९ बैशाख २०८२, सोमबार | May 12, 2025

नोवेल कोरोना भाइरस (कोभिड –१९) बिरुद्ध पैचोको प्रतिबद्धता



बुटवल । पहाड र उच्च पहाडी कृषि उपजको ब्यवसायीकरण गर्दै आएको पैचो पसलले बजारमा तरकारी तथा सिजनल कृषि उपजहरु अभाव हुन नदिने प्रतिबद्धता ब्यक्त गरेको छ । पैचो पसलले शनिबार प्रेस नोट सार्वजानिक गर्दै बिपदका बेला सरकारलाई सघाउनु सबैको दाईत्व भएको बताइएको छ ।

प्रेस नोटमा विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड(१९)को सामना गर्न यतिबेला हरेक नागरिकले धैर्य, संयम, एकता, साहस र त्याग देखाउने बेला भएको उल्लेख गरिएको छ । पैचोले कोरोना भाइरसको संभाब्य संक्रमणलाई रोक्न राज्यले थालेका हरेक कदममा सबैले साथ दिनु पर्ने बताउंदै संयुक्त रुपमा महामारी नेपालमा भित्रन नदिने अभियानमा पैचोले प्रतिबद्धता ब्यक्त गरेको छ ।

पैचोका मिडीया तथा जनसम्पर्क निर्देशक शरण कर्माचार्यले प्रकाशित नोटमा सम्भावित महामारीबाट नागरिकलाई जोगाउन राज्यले गरेका पछिल्लो कदमबाट बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने आशंकाले उपभोक्ताले आवश्यकता भन्दा बढी सामाग्रहीहरु खरिद गर्ने परिपाटीको बिकास भएको लेखिएको छ । बुटवल र यस आसपासका उपभोक्तालाई पैचोले तरकारी तथा स्थानीय दलहन एवं पहाडी सिजनल खाद्य उत्पादनको अभाव हुन नदिन हर सम्भव प्रयास गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

उपभोक्तालाई सहज र सुलभ तरिकाले तरकारी तथा खाद्य उत्पादन उपलब्ध गराउन अन्य दिनभन्दा बढी अनुपातमा कृषि उपजहरु बुटवल आपुर्ति गर्न पैचो आवद्ध किसानहरुलाई पैचोले आग्रह गरेको नोटमा जनाईएको छ ।
बजारमा अभाव भएका बेला बढी मुल्य लिने प्रबृर्ती प्रति असहमती राख्दै पैचोले बिपदमा पैचो र पैचोसंग जोडिएका हजारौं किसानहरु मिलेर संयुक्तरुपमा सरकारले चालेको कदमलाई सघाउन तत्पर रहेको उल्लेख गरेको छ ।

प्रेस नोटमा पहाडी तरकारी तथा कृषि उपजहरुको प्रयोगले मानीसमा रोग संग लड्न सक्ने शक्ति प्रदान गर्दछ भन्ने बिज्ञानसम्मत तथ्यलाई स्मरण गर्दै उपभोक्तालाई आहार बिहार र जिवनशैलीमा परिवर्तन गरि आफु स्वस्थ बन्ने र अरुलाई पनि स्वस्थ बनाउने कार्यमा लाग्न आह्वान गरेको छ । बिश्व स्वास्थ्य संगठन सहित राज्यका सरोकार निकायले आह्वान गरेको बिधिलाई पालना गर्दै आफु स्वस्थ रहने र अर्कोलाई पनि स्वस्थ राख्ने काम मात्र गर्न सके मात्र कोरोना भाइरससंग सजिलै लड्न सकीने पैचोले सुझाएको छ ।

पैचोले बुटवलको सुख्खानगरबाट पहाडी तरकारी तथा कृषि उपजहरु बिक्रि बितरण गर्दै आएको छ भने गुल्मी, पाल्पा लगायतका जिल्लाहरुमा मधेस उत्पादित दैनीक उपभोग्य वस्तु उपलब्ध गराउंदै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ०३ बजे

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा

गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने