८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोनाबाट इटालीमा एकैदिनमा ७९३ काे मृत्यु, चीनमा नयाँ विरामी भेटिएनन



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अहिले ईटालीमा त्राहिमाम मच्चाएको छ । त्यहाँ शनिबार मात्रै कोरोनाकै कारण ७ सय ९३ जनाको मृत्यु भएको छ ।

यो अहिलेसम्मकै सर्वाधिक उच्च अंक हो । जसअनुसार ईटालीमा अहिलेसम्म मृतकको संख्या ४ हजार ८ सय २५ पुगेको छ । यो आंकडा विश्वभरका मृतकहरुको संख्यामा ३८ दशमलव ३ प्रतिशत हो ।

यहाँ संक्रमितहरुको संख्या पनि बढ्दो छ । अहिलेसम्म ५३ हजार ५ सय ७८ जनामा संक्रण पुष्टि भएको छ । मिलान नजिकै उत्तरी लोमबार्डी क्षेत्रमा मृतकको संख्या धेरै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । बृद्ध बृद्धा र बालबालिकालाई बढी लाग्ने भनिएको कोरोना भाईरसलाई ईटालीकी ९५ बर्षीया एक बृद्धाले जितेकी छिन । मोडेना प्रान्तकी यि हजुरआमा कोरोनाबाट निको हुने पहिलो महिला बनेकी छिन ।

त्यहा अहिलेसम्म ६ हजार ७२ जना निको भैसकेका छन । कोरोनाको उद्गम मुलुक चीनमा भने पछिल्ला दिन मृतक र संक्रमितहरुको कुनै पनि नयाँ तथ्यांक आएको छैन । त्यहाँ अहिलेसम्म ३ हजार २ सय ५५ को मृत्यु भएको छने ८१ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ७१ हजार ७ सय ४० जना निको भैसकेका छन ।

ईटाली, स्पेन, फ्रान्स, श्रीलंकालगाएत कैयौं अमेरिका राज्यहरु शतप्रतिशत लकडाउन भएका छन । जस अनुसार ३५ देशका ९० करोड बढी मानिसहरु घरभित्रै बस्न बाध्य बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । त्यसैगरि शनिबार मात्रै कम्तीमा ४० अफ्रिकी मुलुकमा पनि कोरोनाको संक्रमण पुगेको पुष्टि भएको छ ।

एकसय ८८ मुलुकमा फैलिएको कोरोना भाईरसका कारण अहिलेसम्म विश्वभर १३ हजार ३४ जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै निको हुनेहरुको संख्या ९५ हजार ७ सय ९५ पुगेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २१ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा