१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विश्व स्वास्थ्य संगठनले नेपाललाई भन्यो नेपालमा तयारीको अवसर : भारतसँगको नाका बन्द गर



एजेन्सी । स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन् । कोरोनाले सबै महादेशलाई असर गरेको छ ।

चीनको उहान शहरबाट शुरु भएको यो महामारीले अहिले युरोपलाई आक्रान्त पारेको छ । चीनमा कोरोनाको संक्रमण घट्ने क्रममा रहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको छ ।

इटाली, स्पेन लगायत युरोपका सबैजसो देशमा ‘दिन दुगुना रात चौगुनाको दरले’ कोरोनाको संक्रमण फैलिएको छ । मृत्यु हुनेको संख्या पनि सोही अनुपातमा बढेको बढ्यै छ । बेलायत र अमेरिकामा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । यस्तो अवस्थामा कोरोनाको रोकथाम र फैलिरहेका राज्यसंग समन्वय गरेर काम गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोसको नेतृत्वमा ‘न्यूक्लियस टिम’ बनेको छ ।

सो टिमले नियमित पत्रकार भेटघाट गर्छ । पत्रकार भेटघाटमा नेपालको समेत सन्दर्भ जोडेर गरिएका प्रश्नको सारांश छ–कोरोना भाइरसबाट बाँच्ने उपाय घरमै बस्नु नै हो । नेपाल र अन्तर्राष्ट्रिय स्थितिलाई लिएर भर्खरै गरिएको पत्रकार भेटघाटको सारसंक्षेप ।

चीनको उहानमा जब एउटा डाक्टरले कोरोनाको विषयमा राज्यलाई बताए, लेखे, त्यतिबेलै विश्व स्वास्थ्य संगठनलाई यो विषयमा जानकारी भएको भए, आजस्थिति यो हुँदैनथ्यो कि ?

हामीले थाहा पाउने बित्तिकै चिनियाँ सरकारसँग समन्वय गरेर तत्काल उहान ‘लक–डाउन’ गर्ने लगायतका रणनीतिक काम गरेका हौँ । जेनेभाबाट टिम नै गएर राष्ट्रपति सी चिङफिङसँग बसेर रणनीति बनेको हो। तत्कालै ‘लक–लडाउन’ गरेर चीनले आफ्ना सबै उपाय अपनाउनाले आज नियन्त्रणको अवस्थामा आइपुगेको हो । हामीले ‘पान्डेमिक’ घोषणा गर्न ढिलो भएर आएको भयावहस्थिति होइन यो ।

युरोपको जनस्वास्थ्य असफल होरु के त्यसो भए इटालीको जनस्वास्थ्य व्यवस्थाको असफलताकै रुपमा लिने तरु इटाली मात्रै किन ?

पुरै युरोपको जनस्वास्थ्य व्यवस्था आजै मात्र बनेको होइन । यो धेरै वर्षदेखिको व्यवस्था, राजनीतिक र आर्थिक उन्नतिसँग जोडिएको कुरा हो। महामारी भनेकै यस्तै अवस्था हो । जनस्वास्थ्य असफलता भन्न नमिल्ला । बरु जनस्वास्थ्यको पुनरसंरचनातिर सोँच्न यो महामारीले बध्य पारेको छ ।

उसो भए यो महामारीको प्रकोप छिटै रोकिन्छ त ?

मृत्यु भएकामा धेरैजसो रोगप्रतिरोध क्षमता कम भएका र ७० वर्षभन्दा माथिका छन् । फेरि भाइरस देखिएर सन्चो भएकाको संख्या पनि ठूलै छ । युरोप पुरै लकडाउनको अवस्थामा छ। यतिबेला गर्नुपर्ने दुईवटा काम, पहिलो सर्न नदिन आफैले सजगता अपनाउने र राज्यले फैलिन नदिन ‘लक–डाउन’ गर्ने । लागिसकेर प्रभावितको उपचार गर्ने। हामीले चार ‘स्टेप’ भन्ने गर्छौँ, पहिचान गर्ने, परीक्षण गर्ने, उपचार गर्ने र रिपोर्ट गर्ने । त्यही भएर चीनमा फैलिने बित्तिकै डब्ल्यूएचओले देखिदै नदेखिएका देशहरु, तयारीविहीन अवस्थामा बसेका विपन्न देश सबैलाई भनेका थियौँ–यो अब चीनको मात्रै समस्या रहेन। सबैले तयारी गरौँ । नभन्दै हेर्नोस् त अहिले सबैलाई प्रभावित पारिरहेको छ ।

नेपाल जस्तो कमजोर स्वास्थ्य संरचना भएको मुलुकमा यो महामारी नदेखिनुको केही वैज्ञानिक पक्ष छर कसरी हेरिएको छ नेपाल जस्ता मुलुकको तयारीलाई ?

मानिसलाई कोरोना लाग्यो कि मरिन्छ भन्ने भ्रम फैलिएको छ । त्यसो होइन । कोरोना शरीरमा पसेपछि देखिदै नदेखिन पनि सक्छ । देखिए नियन्त्रण भएर जीवन सामान्य पनि हुन्छ । कमजोर स्वास्थ्यस्थिति खासगरी श्वासप्रश्वासका रोगीमा यसले बढी असर गर्ने हो । नेपालले सक्दो तयारी गरेका खबर आइरहेका छन् । अस्पतालसम्म कतिपय केसहरु नआएका पनि हुनसक्छन् । प्रतिरोध क्षमता बलियो भएकोले सहयोग गरेको पनि हुनसक्छ । अहिलेसम्म महामारी नदेखिनु साह्रै राम्रो कुरा हो तर यसो भन्दैमा ढुक्क हुनु हुँदैन ।

नेपालले तत्कालै के गर्नुपर्ला त ?

तत्कालै भारतसँग जोडिएका सिमा बन्द गरिहाल्नुपर्छ । जो आउँछन् नाकाबाट, उनीहरुको स्वास्थ्य परीक्षण गरेर १४ दिने क्वारेन्टाइनमा लगिहाल्नुपर्छ । नेपालमा तयारीको अवसर छ अहिले । भोलि संक्रमण फैलिहालेको खण्डमा आपतकालीन संरचनातिर ध्यान दिनुपर्छ । म त फेरि पनि के भन्छु भने यसको महत्वपूर्ण पक्ष भनेको आफूले आफैलाई जोगाउने हो । हुलमुलमा नजाने, हात नमिलाउने र घरमै बस्ने । राज्य बोलेर मात्र हुँदैन । राज्यको तर्फबाट तयारी हुनैपर्छ । अर्कोतिर जनताले पनि राज्यले भनेको मान्नुपर्छ । संक्रमित हुनबाट जोगिने उत्तम उपाय घरमै बस्नु हो । घरमै बस्नुपर्छ । अनि भाइरस नियन्त्रणमा आउन सक्छ ।

(ब्रेकएनलिंकबाट)

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : १९ बजे

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’