९ भदौ २०८३, मंगलबार | August 25, 2026

अन्तर्राष्ट्रिय विमानस्थलबाट ५८ जना फिर्ता : राती १२ बजेदेखि पूर्णरुपमा बन्द !



काठमाडौ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परिवर्तन भएको नयाँ अध्यागमन नीतिको पालना नगर्ने ५८ जना फिर्ता भएका छन् । यो संख्यामा सिल्क एयरबाट काठमाडौंबाट आएका विदेशी नागरिक समावेश छैनन् ।

अध्यागमन कार्यालयसम्म आइपुगेका ५८ जना फिर्ता गरिएको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो । फिर्ता हुनेहरु धेरै नेपाली मुलुकका विदेशी नागरिक छन् ।

आज रातीदेखि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण पूर्णरुपमा रोक लगाइने छ । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणासँगै आजदेखि विमानस्थल पूर्णरुपमा बन्द हुनेछ । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख आचार्यले सरकारको निर्णय पूर्णरुपमा पालना हुने जानकारी दिनुभयो ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ ।

प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने घोषणा गर्नुभएको थियो ।

आजै रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ०६ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय

दाङ तुलसीपुरमा ८२ जनाको आँखा जाँच गर्दा ६३ जनामा मोतियाबिन्दु

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३