१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बैंकको ब्याज मिनाहा गर्न तिलोत्तमा उद्योग बाणिज्य संघको माग



तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले हाल विश्वभर फैलिएको कोरोना भाइसरस (कोभिड –१९)को असर यस क्षेत्रका उद्योग ब्यवसाय लगायत सम्पुर्ण क्षेत्रमा परेको र यसको जोखिम तथा त्रासका कारण आर्थिक गतिविधिमा आईरहेको सुस्तता र असहजतालाई ध्यानमा राखि उद्योग व्यवसाय क्षेत्रको राहतका लागि यस अवधिको बैंक तथा वित्तिय संस्थाको ब्याज मिनाहा गर्न सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुसँग माग गरेको छ ।

यसका साथै संघले वर्तमान विषम परिस्थितिमा अत्यावश्यक वस्तुहरु औषधी, मास्क, सेनेटाइजर लगायत खाद्यान्न तथा पेट्रोलियम पदार्थहरुको व्यवस्थापन, बिक्री वितरण र ढुवानी कार्य पारदर्शाी र प्रभावकारी ढंगबाट गरी आम उपभोक्ताहरुलाई सेवा दिन उद्यमी व्यवसायीहरुलाई अपिल गरेको छ ।

संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले आईतबार एक विज्ञप्ति जारी गरी वर्तमान जटिल अवस्थामा उद्योग, व्यवसाय लगायत सबै क्षेत्रले आ–आफ्नो स्थानबाट भविष्यमा आइपर्ने विपत्ति समेतलाई मध्यनजर गर्दै आ–आफ्नो भूमिकालाई प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने समय आएकोले कृत्रिम अभाव श्रृजना गराई कालोबजारी गर्ने कार्य नगर्न नगराउन सम्वन्धित उद्योगी ब्यवसायीलाई अपिल गर्नुभएको छ ।

अनुगमनका क्रममा यस्तो कार्य गरेको पाइएमा नेपाल सरकारको ऐन कानुन बमोजिम कारबाही सहित मालसामान जफत हुने कानुनी व्यवस्था रहेकाले सचेत रहन उद्योगी ब्यवसायीलाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

विज्ञप्तिमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको मौज्दात पर्याप्त रहेकाले अनावश्यक खरिद एवं भण्डारणको कार्य नगर्न नगराउन आम उपभोक्ता वर्गमा समेत अपिल गरिएको छ । यस्तै अत्यावश्यक काम बाहेक भारततर्फ आवत जावत नगर्न तथा भारतीय बजारबाट खाद्य वस्तुहरु ल्याउने कार्य बन्द गर्न समेत संघले विज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

वर्तमान विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार–प्रदेश नं ५ र स्थानीय निकायहरुसँग सहकार्य गर्दै कोरोना भाइसर रोकथाम तथा न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम र अनुगमन लगायतका कार्यमा समेत संघ क्रियाशिल रहंदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै संघले कोरोना भाईरसको संक्रमण र जोखिमबाट बच्न सोमवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि संघको कार्यालयवाट प्रवाह गरिने सवै कार्यहरु समेत बन्द गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ४० बजे

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

नमस्ते नेपालले युवा लक्षित ‘अब के ?’ बहस कार्यक्रम गर्दै

बुटवल । नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमाममा युवा लक्ष्यित अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना गर्ने र युवालाई रोजगारीको बाटो खोल्न र स्वदेशमै राख्ने वातावरण मिलाउने भिजन खोज्न कार्यक्रम गरिने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचना तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने छ ।  वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गराए । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।  कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी, प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको