२९ पुस २०८१, सोमबार | January 13, 2025

तनाव नलिनुस्, आन्तरिक शक्ति बढाउनुस्



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ? नआत्तिनुहोस् ।

यो विषम परिस्थितिमा तनाव लिनुको साटो आन्तरिक शक्ति वृद्धिमा लाग्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय चौतर्फी रूपमा कोरोना फोबिया देखिएको बताउनुहुन्छ ।

‘समस्यासँग जुध्न समयमा आन्तरिक शक्ति वृद्धि गर्ने हो’, उहा भन्ननुहुन्छ, ‘आत्तिने होइन, अहिलेको समय त समस्याहरूसँग लड्नका लागि आत्मविश्वास बढाउने हो ।’

चीन, दक्षिण कोरिया, जापान, ताइवान, सिंगापुर र हङकङमा संक्रमितको संख्यामा क्रमशः ह्रास आइरहेको छ । झन्डै ९६ हजार संक्रमित निको भएका छन् । धेरै उपचाररत छन् ।

‘सबै सचेत हुने हो भने कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण छन्’, उहा भन्नुहुन्छ ।

स्वास्थ्य सेवा दिने चिकित्सकीय टिम झन् बढी सचेत र सतर्क हुनुपर्ने देखिन्छ । युवाले समुदायमा रहेका वरिपरिका व्यक्तिको मनोबल बढाउनुपर्ने चिकित्सक बताउँछन् ।

‘सावधानी अपनाउने हो। साबुनपानीले हात धुने, संक्रमित व्यक्तिबाट टाढा रहने हो । मास्क उपयोग गर्ने हो’, डा. उपाध्याय भन्नुहुन्छ, ‘स्यानिटाइजर हातमा दल्ने हो ।’

हल्ला र भ्रमबाट प्रभावित हुनेहरू बढी आतंकित देखिन्छन् । विज्ञ एवं चिकित्सकको सुझाव पालना गर्ने हो भने संक्रमणबाट जोगिन सकिन्छ ।

वृद्धवृद्धा र जोखिममा रहेको समूहलाई संक्रमण नहोस् भनेर सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन् । यति बेला जिम्मेवारीबोध र मानवीय भावना आवश्यक पर्ने उनीहरूको भनाइ छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : १३ बजे

सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न

पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ