१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

तनाव नलिनुस्, आन्तरिक शक्ति बढाउनुस्



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुन्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ? नआत्तिनुहोस् ।

यो विषम परिस्थितिमा तनाव लिनुको साटो आन्तरिक शक्ति वृद्धिमा लाग्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय चौतर्फी रूपमा कोरोना फोबिया देखिएको बताउनुहुन्छ ।

‘समस्यासँग जुध्न समयमा आन्तरिक शक्ति वृद्धि गर्ने हो’, उहा भन्ननुहुन्छ, ‘आत्तिने होइन, अहिलेको समय त समस्याहरूसँग लड्नका लागि आत्मविश्वास बढाउने हो ।’

चीन, दक्षिण कोरिया, जापान, ताइवान, सिंगापुर र हङकङमा संक्रमितको संख्यामा क्रमशः ह्रास आइरहेको छ । झन्डै ९६ हजार संक्रमित निको भएका छन् । धेरै उपचाररत छन् ।

‘सबै सचेत हुने हो भने कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण छन्’, उहा भन्नुहुन्छ ।

स्वास्थ्य सेवा दिने चिकित्सकीय टिम झन् बढी सचेत र सतर्क हुनुपर्ने देखिन्छ । युवाले समुदायमा रहेका वरिपरिका व्यक्तिको मनोबल बढाउनुपर्ने चिकित्सक बताउँछन् ।

‘सावधानी अपनाउने हो। साबुनपानीले हात धुने, संक्रमित व्यक्तिबाट टाढा रहने हो । मास्क उपयोग गर्ने हो’, डा. उपाध्याय भन्नुहुन्छ, ‘स्यानिटाइजर हातमा दल्ने हो ।’

हल्ला र भ्रमबाट प्रभावित हुनेहरू बढी आतंकित देखिन्छन् । विज्ञ एवं चिकित्सकको सुझाव पालना गर्ने हो भने संक्रमणबाट जोगिन सकिन्छ ।

वृद्धवृद्धा र जोखिममा रहेको समूहलाई संक्रमण नहोस् भनेर सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन् । यति बेला जिम्मेवारीबोध र मानवीय भावना आवश्यक पर्ने उनीहरूको भनाइ छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : १३ बजे

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

धनुषा-१ बाट रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा क्षेत्र नं. १

यस्तो छ २०८३ सालमा हुने सार्वजनिक विदाको सरकारी सूची (सूचीसहित)

काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदाको सूची

फागुन २१ मा चुनाव हुन नसक्ने भविश्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१