१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अमेरिकामा कोरोना संक्रमणमा तीव्र वृद्धि, दुई नेपालीमा पनि कोरोना !



न्युयोर्क । विश्वभरी हजारौंको ज्यान लिइरहेको कोरोना भाइरस महामारीबाट अमेरिकामा संक्रमित हुनेको संख्या तिब्ररुपमा वृद्धि भइरहेको छ । भाइरसको संक्रमण अनियन्त्रित रुपमा बढ्दै गएपछि अमेरिकाका प्रमुख राज्यहरु न्युयोर्क, न्युजर्सी, वासिङटन, क्यालिफोर्निया लगायतमा सार्वजनिक जीवनमा सोमबारबाट थप कडाईको घोषणा गरिएको छ । यी राज्यहरुमा सरकारी कार्यालय लगायत उद्योग कलकारखाना र बजार पूर्ण रुपमा बन्द गरिएको छ । सोमबारबाट दैनिक उपभोग्य सामाग्रीका स्टोर, औषधी पसल जस्ता अत्यावश्यक मात्र खुल्ला रहने छन् ।

नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन उर्दी जारी गरेको छ । बाहिर निस्कन परे ६ फिट दुरीको ‘सोसियल डिस्टेन्स’ कायम गर्न कडा निर्देशन जारी गरेको छ । कोरोनाको संक्रमण देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले यसअघि नै स्वास्थ्य क्षेत्रमा संकटकाल घोषणा गरेका थिए । स्वास्थ्य संकटकाल घोषणापछि सरकारी कार्यालय, निजी व्यवसाय र बजार आँशिक खुल्ला रहेपनि सोमबारबाट भने पूर्णतया बन्द गर्न लागिएको हो । शैक्षिक संस्थाहरु भनेझण्डै एक महिनाको लागि बन्द भइसकेका छन् ।

आइतबार सम्ममा अमेरिकामा ३० हजारभन्दा बढीमा भाइरस संक्रमणको पुष्टि भएको छ भने मृतकको संख्या ३ सय ९६ पुगेको छ । कोरोनाको महामारीबाट विश्वकै आर्थिक राजधानीको रुपमा रहेको न्युयोर्क शहर पूर्ण रुपमा प्रभावित भएको छ । न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या १६ हजार आठ सय ८७ पुगेको छ भने १ सय २२ जनको मृत्यु भइरहेको न्युयोर्क राज्यको गभर्नरको कार्यालयले पुष्टि गरेको छ । न्युयोर्कपछि वासिंटनमा १ हजार ७ सय ९३, क्यालिफोर्नियामा १ हजार ५ सय ५० र न्युजर्सी राज्यमा १ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टी भएको छ । ती राज्यहरुमा मृतकको संख्या क्रमश ९६, २७ र १६ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण अप्रत्यासित रुपमा बृद्धि हुँदै गएपछि रोगीको वृद्धि अनुपातमा अस्पतालको मौजुदा बेड अपुग हुने देखिएकोले न्युयोर्क, वासिङटन र क्यालिफोर्निया राज्यमा अस्थायी अस्पतालको निर्माण गर्ने भएको छ । ती राज्यहरुमा सोमबारबाट अस्थायी अस्पताल निर्माण कार्य अघि बढाइने जनाइएको छ । कोरोना संक्रमणको अवस्था बढ्दै गएपछि ती राज्यहरुले राज्य तहको क्षमताबाट मात्र उपचार संभव नभएको भन्दै संघीय सरकारलाई अस्थायी अस्पताल निर्माण लगायत उपचारका अन्य प्रक्रियामा पनि सहयोग गर्न माग गरेका छन् । न्युयोर्क राज्यका गभर्नर एन्ड्रु क्युमोले आइतबार नियमित पत्रकार सम्मेलनमा संघीय सरकारले जति ढिलो सहयोग गर्छ, त्यति नै बढी भाइरस संक्रमित बिरामीको ज्यान जानसक्छ भन्दै राष्ट्रपति कार्यालयलाई गम्भीर हुन आग्रह गरेका छन् ।

दुई हप्ता अघिसम्म वासिङ्टन र क्यालिफोर्नियामा फाट्टफुट्ट मात्र देखिएको कोरोना संक्रमण छोटो समयमा नै ३० हजारको संख्यामा देखिएपछि अमेरिकी जनताको दैनिकी अस्तव्यस्त बनेको छ । कल कारखाना, होटल, रेष्टुरेन्ट तथा बजार बन्द हुँदा एकै पटक दशौं लाख मानिस बेरोजगार भएका छन् ।

कोरोनाको त्रासकाबीच स्वास्थ्य आपतकालीन घोषणा गरेसँगै सार्वसाधारणमा अन्यौलता छाएको छ । स्थानीय तथा राज्य सरकारले आपूर्ति व्यवस्थामा कुनै समस्या नहुने बताए पनि सर्वसाधारणले महिनौ पुग्ने खाद्यान्न जोहो गर्न खोज्दा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव समेत सिर्जना भएको छ ।

नेपाली पनि कोरोना संक्रमित
न्युयोर्कमा नेपालीहरुको बाग्लो बस्ती रहेको क्वीन्स काउन्टीको ज्याक्सन हाइट बस्ने दुई नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुको स्थानीय एल्हम्स्ट अस्पतालमा उपचार भइरहेको छ । न्युयोर्कको ज्याक्सन हाइटमा बस्ने नेपाली उबर चालकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको अवस्था गम्भीर रहेको पनि खसोखास अनलाइनको खबरमा दावी गरिएको छ । उनलाई भेन्टिलेटरमा राखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । ४७ बर्षका ती नेपालीमा विगतमा अरु कुनै स्वास्थ्य समस्या नभएको तर प्रेसरको औषधी खाने गरेको पारिवारिक श्रोतले बताएको छ । उनकी पत्नीलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । चिकित्सकले घरमै बस्न र आराम गर्न सुझाव दिएका छन् । उनलाई कसरी संक्रमण भयो भन्नेबारे केही खुलेको छैन ।

यसैगरी सोही अस्पतालमा उपचारका लागि पुगेका अर्का एकजना नेपालीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । ५० वर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएको बताइएको छ । चिनियाँ र दक्षिण एसियाली मूलका नागरिकहरुको बाग्लो बसोबास रहेको न्युयोर्कको क्वीन्स काउन्टीमा झण्डै ३ हजार जनालाई कोरोना संक्रमण भएको न्युयोर्क सिटीका मेयरको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : ३६ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह