१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एक हप्ताका लागि तिलोत्तमा नगरपालिका लकडाउन



तिलोत्तमा । तिलोत्तमा नगरपालिका भित्रका उद्योगधन्दा, कलकारखाना, होटल, रेष्टुरेन्ट, चिया÷खाजा पसल, व्यवसाय, हार्डबेयर, निर्माण कार्य, हाटबजार, पार्क, खेलमैदान, व्यायमशाला, सैलुन, सहकारी, व्युटीपार्लर, फेन्सीलगायत अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन् । सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोक्न चैत ११ देखि १७ गतेसम्म नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवामा औषधि, खाद्यन्न, पानी, दुग्ध पदार्थ, दमकल, एम्बुलेन्स, सञ्चार, ईन्धन, फोहोरमैला व्यवस्थापनलगायत छन् । सरकारले अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गरे पनि त्यो प्रभावकारी नभैरहेको अवस्थामा तिलोत्तमाले मानिसको जमघट रोक्न यस प्रकारको निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर खाने सम्बन्धित वर्गलाई छाक टार्न समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गर्नेछ । ’टोल विकास संस्थासँगको सहकार्यमा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको यो अवधिमा दैनिक छाक टार्न समस्या परेमा आवश्यक खाद्यन्नको व्यवस्था नगरपालिकाले गर्नेछ ।’ उहाँले भन्नुभयो, ’हाम्रो निर्णयबाट कसैको चुल्हो नजल्ने अवस्था नआओस् भन्नेमा हामीहरु सचेत छौं ।’

बैठकले दैनिक ज्यालादारी काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योग÷धन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । बैठकमा जनप्रतिनिधि, राजनीतिक दल, उद्योग÷व्यवसायी, निर्माण मजदुर सम्बद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतका सहभागी थिए ।

नगरपालिकाले एक महिनाको घर बहाल कर छुट दिने निर्णय पनि गरेको छ । यस्तै नगरपालिकामा बुझाउनु पर्ने कर, राजस्व, महशुलमा यो अवधिभर विलम्व शुल्क नलिने निर्णय समेत गरेको प्रवक्ता श्रीले जानकारी दिनुभयो । सर्वदलीय, सर्वपक्षीय बैठकले नगरबासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।

बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना संक्रमण रोकथाममा नगरपालिकाले गरेको कार्यहरुको बारेमा जानकारी दिनुभएको थियो । उपप्रमुख जागेश्वरी चौधरीले कोरोना संक्रमणको पूर्वतयारीमा जुट्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्दै यो विषयमा सबै संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

त्यसअवसरमा नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं, नेपाली कांग्रेसका जगत पौडेल, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, निर्माण व्यवसायी प्रतिनिधि नरु छन्तेल, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलललगायतले कोरोना संक्रमण पूर्वतयारीको अवस्थामा बोल्नुभएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ०५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान