१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

सरकारको स्वेच्छाचारी कार्यशैलीमाथि छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारी कार्यशैली र गतिविधिबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाएको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आमन्त्रण गरिएको छ।

बैठकमा सरकारको पछिल्लो कामकारबाही, सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि भएको हस्तक्षेपलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यशैलीमाथि प्रश्न उठाउँदै सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरेका थिए।

राम्रा कामको जस पार्टीले लिने तर कमजोरी र नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो। उनले सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा समेत जोड दिएका थिए।

सरकारका गतिविधिबारे प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने र संसद्मा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले बैठक बोलाइएको कांग्रेस नेताहरूले बताएका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ९ : ३८ बजे

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने प्रधानमन्त्री शाहको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको उद्धार

डोल्पा । भारी हिमपातका कारण डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा

मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफल भइरहेको छ : प्रचण्ड

महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

स्वास्थ्य अवस्था बिग्रिएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनशनमा

चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

नारायणगढ । जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य