५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

तिनाउ एफ एमका अध्यक्ष शेरचनद्धारा एक महिनाको भाडा नलिने घोषणा



बुटवल । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमका व्यापार व्यावसाय बन्द भईरहेका बेला तिनाउ एफ एम मिडिया प्रा.लिका अध्यक्ष तथा समाजसेवी मृगेन्द्र कुमार शेरचनले आफ्नो व्यवसायिक सटर तथा गोदामहरुको एक महिनाको बहाल नलिने घोषणा गर्नुभएको छ ।

बुटवल उप–महानगरपालिका वडा नंं.५ अमरपथ निवासी शेरचनले अमरपथमा रहेको व्यावसायिक सटरहरुमा विभिन्न व्यावसाय गर्दै आएका व्यवसायीहरुलाई यस्तो समयमा केही भएपनि राहत स्वरुप सहयोग पुग्ने बताउँदै चैत्र महिनाको (१ महिना) बहाल नलिने घोषणा गर्नुभएको हो ।
उहाको घरमा सटर, गोदाम र कोठाहरु गरी १८ ओटा भाडामा दिनुभएको छ ।

साथै उहाँले यस्तै विषम परिस्थिती कायमै रहि रहेमा थप आगामी महिनाहरुको पनि बहाललाई पुर्न विचार गरी व्यावसायीहरुलाई सहयोग गर्ने बताउनुभयो ।

शेरचन लुम्बिनी अञ्चलको पहिलो रक्तmदाता हुनुहुन्छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ५९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही