२४ मंसिर २०८०, आइतबार | December 11, 2023

बुटवलका बिद्यार्थीले बनाए कोरोनाबाट बच्न ‘स्मार्ट स्यानिटाइजर डिस्पेन्सर’



बुटवल । कोरोना भाइरस (कोभिड १९)को महामारी लाई राहत दिन बुटवलका युवा बिद्यार्थीले स्मार्ट स्यानिटाइजर डिस्पेन्सरको निर्माण गरेका छन् ।

५ जना बिद्यार्थीले ३ दिन लगाएर स्मार्ट सेनिटाइजर डिस्पेन्सरको निर्माण गरेका हुन् । यसलाइ उनीहरुले कोभिड १९को महामारीलाई राहत दिन निर्मित स्वचालित परियोजना भनेका छन् । ३ दिनको कडा मेहनतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सर को सफलतापूर्वक निर्माण गरिएको समुहका दिनेश ओलीले बताए ।

उनीसंगै दिनेश बस्याल,विवेक पौडेल,बसन्त पौडेल,सुजन पौडेल, टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपाने र ललित राहुल मगरले सेनिटाइजर डिस्पेन्सर बनाइका हुन् । खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्बजनिक स्थानमा सचेतना जगाउदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाइ राख्ने समत जनाएका छन् ।

सडकमा आवतजावत गर्ने र भिडभाडमा कोरोना संक्रमणबाट लागन सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्ने बुटवलको टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपानेले बताए । कोेरिया नेपाल इन्स्टीच्युट अफ टेक्निोलोजिमा का बिद्यार्थीहरुको ग्रुपले बनाएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफल परिक्षण समेत गरिएको छ ।

यस मेसिनमा भरिएको स्यानिटाईजर प्रयोग भएपश्चात् सकिएमा मेसिन सञ्चालन गर्ने अधिकृतलाई सकिएको सुचना जान्छ र अधिकृत व्यक्तिले स्यानिटाईजर पुनःभर्नुपर्दछ । हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्नेगरि बनाइएको छ ।

यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने दिनेश बस्यालले बताए । टेक जोन ट्रेर्डस बुटवलले साढे १ करोडको लगानीमा बुटवलमा रोवर्ट पार्टस्,ड्रोन पार्टस् तथा अन्य प्राजेक्टका लागि चाहिने सामग्री बिक्रि बितरण र आवश्यक अनुसन्धान समेत गरिरहेको डाइरेक्टर न्यौपानेले बताए ।

बुटवलमा पहिलोपटक यसप्रकारको आयोजना बनाइएको हो । यसको मुल्य करिब ४०—५० हजारसम्म पर्ने तर आफुहरुले बिक्रिका लागि भने यो निर्माण नगरेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ४१ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक