२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन



खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको बाँकेको खजुरामा प्रहरीले “लागू औषध मुक्त खजुरा अभियान” संचालन गरेको छ । खजुरा गाउँपालिका भित्र लागुऔषध सेवन र विक्री वितरणलाई न्युनिकरण गर्ने उदेश्यले इलाका प्रहरी कार्यालय धनौली खजुराको सक्रियतामा “लागू औषध मुक्त खजुरा अभियान” संचालन गरिएको हो ।

एक महिनासम्म चल्ने य अभियान अन्तर्गत आइतबार खजुरा गाउँपालिका वडा नं ७ को कलहन्सन गाउँ टोलमा बसोबास गर्ने लागुऔषध सेवन र विक्री वितरण कर्ताहरूको पहिचान सचेतना अभियान थालिएको छ । स्थानीय जनप्रतिनिधी, वुद्धिजिवी तथा भद्रभलादमीहरू सहितको संयुक्त टोलिले लागू औषध सेवन र विक्री गर्ने ब्यक्तीहरुका अभिभावकहरूलाई लागू औषध सेवनका असर प्रभाव सम्बन्धी सचेत गराईएको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक नविन चापागाईंले बताए ।

पछिल्लो समय प्रहरीले खजुरा गाउँपालिका भित्र लागू औषध प्रयोगकर्ता र विक्रिकर्तालाई धमाधम प्रकाउ समेत गरेको छ । २०८२/०८३ मा मात्र खजुरा गाउँपालिकाबाट करिव ३२५ ग्राम लागू औषध ब्राउनसुगर सहित सेवनकर्ता र विक्रिकर्ता ३२ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको प्रहरी निरीक्षक चापागाईंले बताए । उनका अनुसार सवैभन्दा वढी खजुरा गाउँपालिका वडा नं २ र ७ वाट ६-६ जना पक्राउ परेका छन । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त प्रयासमा ठुलो परिमाणमा लागुऔषध सहित सेवनकर्ता र विक्रिकर्ता पक्राउ गरिएको हो ।

खजुरा गाउँपालिकामा अव ठुलो परिमाणका लागुऔषध विक्रिकर्ता नरहेपनि छिटपुट लागुऔषध सेवनकर्ता रहेकोमा लागुऔषध प्रयोगकर्तालाई शुन्यमा झार्न “लागुऔषध मुक्त खजुरा अभियान” सुभारम्भ गरिएको उनले बताए ।

एक महिनासम्म चल्ने यस अभियानले पालिकाको ८ वटै वडाका लागू औषध सेवनकर्ता र विक्रिकर्ताको घर टोलमा स्थानीय जनप्रतिनिधी, वुद्धिजिवी तथा भद्रभलादमीहरू संगै पुगि जनचेतना जगाउने, लागू औषध प्रयोग नगर्न चेतावनी दिने र निजहरुको अभिलेख राख्ने र आवश्यक्ता अनुसार पुनस्थापना केन्द्र राख्न सहजिकरण गरिदिने प्रहरी निरीक्षक चापागाईंले बताए।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ११ : २७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका