१९ आश्विन २०८३, सोमबार | October 5, 2026

कोरोनाले साढे १६ हजार बढीको ज्यान लियो, ३,७८,८०० बढी संक्रमित



एजेन्सी । विश्वब्यापी महामारीको रुपमा १ सय ९५ मुलुकमा फैलिएको कोरोना भाईरसले अहिलेसम्म १६ हजार ५ सय १२ को मृत्यु भैसकेको छ ।

त्यस्तै ३ लाख ७८ हजार ८ सय ४६ जना संक्रमित भएका छन । त्यस्तै एक लाख २ हजार ६४ जना निको भैसकेका छन । कोरोनाको उद्गम मुलुक चीन भन्दा ईटालीमा दोब्बर बढी संख्यामा मानिसहरुको मृत्यु भएको छ । जसअनुसार ईटालीमा अहिलेसम्म ६ हजार ७७ जनाको मृत्यु भएको छ भने, संक्रमितहरुको संख्या ६३ हजार ९ सय २७ पुगेको छ । ७ हजार ४ सय ३२ जना निको भैसकेका छन ।

त्यस्तै चीनमा ३ हजार २ सय ७७ को मृत्यु भएको छ भने ८१ हजार १ सय ७१ जना संक्रमित रहेका छन । ७३ हजार १ सय ५९ जना निको भएका छन ।

त्यस्तै स्पेनमा २ हजार ३ सय ११ जनाले ज्यान गुमाएका छन भने ३५ हजार १ सय ३६ मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ईरानमा १ हजार ८ सय १२ जनाको मृत्यु भएको छ भने २३ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । फ्रान्समा ८ सय ६० को मृत्यु हुँदा अमेरिकामा ५ सय ५३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : १० बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित