५ पुस २०८२, शनिबार | December 20, 2025

इटलीमा २४ घण्टामा ७४३ ले ज्यान गुमाए, किन बढेको छ मृत्यु ?



काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो ।

इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिदिएको छ ।

बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले लेखेको छ ।

कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो ।

इटलीमा मृत्यु किन बढीरहेको छ ?

इटली कोरोना भाइरसबाट विश्वका सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ । यहाँ ६ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन् । इटलीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । तर पनि मृत्यु रोकिएको छैन ।

इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबैभन्दा धेरै मृत्यु पनि यहीँ नै भएको छ । आखिर इटली किन यति धेरै प्रभावित भयो भन्ने प्रश्नको ठ्याक्कै उत्तर पत्ता लगाउन विशेषज्ञहरुले सकेका छैनन् ।

महामारी विशेषज्ञ पियरलुइजी कोकोले बीबीसीसँग भनेका छन्, ‘अहिले नै यसको कारण यही नै हो भनेर ठोकुवा गर्नु हतार हुने छ । धेरै कारणहरु हुन सक्छन् । एक त अनुवांशिकी कारण हुनसक्छ । केही व्यक्ति बिना कुनै लक्षण पनि संक्रमित पाइएका छन् । कतिपयलाई संक्रमण देखिएको छैन । इटली विश्वका सबैभन्दा धेरै पाका व्यक्ति भएको देश हो । बढी उमेरका व्यक्ति संक्रमणको चपेटामा छिटो आउँछन् र उनीहरुलाई जोगाउन मुस्किल हुन्छ ।’

कोको भन्छन्, ‘इटलीका जनताको साँस्कृतिक र सामाजिक गतिविधि पनि संक्रमण फैलाउन मद्दत गरेको छ । यहाँका जनता समूहमा बस्छन्, भेट्नासाथ एकअर्कालाई चुमेर प्रेम साटासाट गर्छन् । परिवारका सदस्यहरु पनि आपसमा निकै नजिक हुन्छन् ।’ यद्यपि कोकोले इटलीको उत्तरी इलाकामा मृत्युको संख्या बढ्नुमा त्यहाँको वायु प्रदुषण पनि हुन सक्ने आशंका गर्छन् ।

इटलीमा कोरोना भाइरसका कारण मृत्युको संख्या बढे पनि संक्रमण दरमा भने केही दिनयता केही कमी आएको छ । इटलीका अधिकारीहरुका अनुसार संक्रमण दर एक प्रतिशतले घटेको छ । व्यक्तिगत दुरी बढाउने नियमको कडा पालना गर्दा संक्रमणको दर घटेको बताइएको छ ।

इटलीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६९ हजार १ सय ७६ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिएको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : ५९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य