५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोनाले मृत्यु हुनेको संख्या १९ हजार नजिक, चीनको हुबेई प्रान्तमा आवागमन आजदेखि खुल्ला



एजेन्सी । कोरोनाको उद्गम मुलुक चीनको हुबेई प्रान्तमा आवागमनमा लागेको रोक आजदेखि हटाईने भएको छ ।

अमेरिका, फ्रान्स र ईटालीलगायत विश्वका थुप्रै मुलुकहरु कोरोना भाईरससंग लडिरहेका बेला कोरोना नियन्त्रणमा अधिक सफलता हाँसिल गरेको भन्दै चीनले हुबेई प्रान्तमा आवागमनमा लागेको प्रतिबन्ध हटाउन लागेको हो ।

बुहानमा विगत ३ महिनादेखि जारी लकडाउन अप्रिल ८ मा सकिने चीन सरकारले घोषणा गरेको छ । यो सरकारी घोषणाबाट बुहान र हुबेई प्रान्तका पाँच करोड ६० लाख जनसंख्याले राहतको महशुस गरेका छन ।

बुहानमा विगत पाँच दिनदेखि कोरोना संक्रमणका नयाँ विरामी फेला परेका छैनन् । ईटालीमा कोरोनाबाट ६ हजार ८ सय २० को मृत्यु भएको छ भने ६९ हजार १ सय ७६ जना संक्रमणमा परेका छन । त्यस्तै स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ हजार ५८ पुगेको छ ।

ईरानमा १ हजार ९ सय ३४ को मृत्यु भएको छ भने २४ हजार ८ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि अमेरिकामा कोरोना संक्रमितको संख्या ५४ हजार ८ सय ८ पुगेको छ भने मृतकको संख्या ७ सय ७५ पुगेको छ ।

कोरोनाका कारण हालसम्म विश्वभर १८ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ लाख २२ हजार ६ सय १४ पुगेको छ । त्यस्तै अहिलेसम्म १ लाख ८ हजार ८ सय ७९ जना निको भएका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ३६ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको