३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

आजदेखि लकडाउन थप कडा हुने, अटेर गरे छ महिना कैद



काठमाडौ । सरकारले हिजोदेखि लगाएको लकडाउनमा आजदेखि थप कडाई गर्ने भएको छ । विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन आव्हान गरिएको लकडाउनमा समेत मानिसहरु सडकमा देखिएपछि कडाई गर्न लागेको हो ।

काठमाडौं उपत्यकामा बिहानदेखि प्रहरीले सडकमा पास बाहेकका सवारी साधन गुड्न दिएका छैनन । आजदेखि खाद्यान्न र औषधिका पसल खोल्न दिने गृह मन्त्रालयको निर्देशनपछि केही पसलहरु खुलेका छन् । तर, पसलहरुमा समेत खासै ग्राहक देखिएका छैनन् । पसलमा पनि सामान किन्ने र तत्काल घरघरमा गएर बस्न प्रहरीले माइकिङ गरिरहेका छन् ।

लकडाउनको दिन प्रहरीले केही खुकुलो समेत गरेको थियो । अपर्झट लकडाउन गरिएकाले कतिपयको बाध्यतालाई बुझेर प्रहरीले स्कर्टिङ गरेर समेत सेवा दिएका थिए । तर, आजदेखि काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउँदै लकडाउन कडाई गर्न लागिएको महानगरीय प्रहरीका प्रमुख डीआइजी विश्वराज पोखरेलले बताउनुभयो ।

रातभर समेत प्रहरी परिचालन व्यापक बनाएको छ । बिहानैदेखि मुख्य सडकमा प्रहरीको बाक्लो उपस्थिति देखिएको छ । सडकमा सेल्फी खिच्ने र रमाइलो हेर्नेहरुमाथि आजदेखि प्रहरीको कडाई कारवाही हुने प्रहरीले बताएको छ ।

मंगलबार प्रहरीले सम्झाउँदै पठाउने गरेपनि बुधबारदेखि कडाई गर्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबारदेखि काठमाडौं प्रहरी कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।

लकडाउन कडाईसँगै पक्राउ गर्ने सम्भावना समेत बढेको छ । लकडाउन उल्लंघन गरे छ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।

अत्यावश्यक परे सुरक्षा निकाय, प्रशासन र महानगरपालिकाहरुमा खबर गर्न समेत आव्हान गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ३९ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा