१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

कोरोना नियन्त्रणमा ठूलो कदम : WHO को आग्रहमा यी ४ औषधिको महापरीक्षण सुरु !



एजेन्सी । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (WHO)ले संसारभरका देशलाई महापरीक्षणका लागि आग्रह गरेको छ ।

तपाइँका लागि खुसीको खबर छ, महापरीक्षण सुरु भइसकेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी चार औषधिको परीक्षणका लागि आग्रह गरेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको परीक्षण सुरु भएको हो ।

ती औषधि कुन कुन हुन् ?

विश्व स्वास्थ्य संगठन ले यी चार औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी चार औषधिबाटै कोरोना भाइरसलाई हराउन सक्ने विश्वास डब्ल्युएचओको छ ।

यी चार औषधिसँगै संसारभरका वैज्ञानिक तथा चिकित्सकहरुले अन्य औषधिमा पनि अनुसन्धान जारी राखेका छन् । सार्स र मर्सका बेलामा तयार गरेका औषधिको पनि संसारभर प्रयोग गर्न अनुमति मिलेको थिएन ।

डब्ल्युएचओले जनाएका यी चार औषधिले संक्रमितलाई, उपचारमा संलग्न चिकित्सकलाई र रोगीका परिवारलाई सहयोगी बन्नसक्ने अपेक्षा गरिएको छ ।

News from Science

@NewsfromScience

Could any of these drugs hold the key to saving patients? https://fcld.ly/c26dzvb 

WHO launches global megatrial of the four most promising coronavirus treatments

Simple design aims to let even overwhelmed physicians and hospitals participate

sciencemag.org

98 people are talking about this
१. रेमडेसिवीर : यो औषधि जिलिड साइन्सेजले इबोलाको उपचारका लागि बनाएको औषधि हो । यसले कुनै पनि भाइरसको आरएनएलाई फोड्छ । यसले भाइरसलाई मानिसको शरीरमा पुगेर नयाँ भाइरस बनाउन रोक्छ ।

अमेरिकाको सबैभन्दा पहिलो कोरोना संक्रमित व्यक्तिमा रेमडेसिवीर नामक औषधि चलाइएको थियो । गम्भीर आवस्थाको बिरामीमा यो औषधि चलाइएपछि उसलाई एक दिनमै केही आराम भयो । यो सम्बन्धि रिपोर्ट द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको छ ।

२. क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन : यो औषधिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वकालत गरेका थिए । उनले यो औषधिलाई गेम चेन्जर भनेका थिए । तर डब्ल्युएचओको वैज्ञानिक समितिले यो औषधि खारेज गरेको थियो ।

१३ मार्च २०२०मा जेनेभामा भएको डब्ल्युएचओको वैज्ञानिक समितिको बैठकले यो औषधि महापरीक्षणका लागि पठाउने निर्णय भने गरेको छ । यो औषधिको विषयमा संसारभरबाट माग आएपछि महापरीक्षणका लागि पठाइएको हो ।

यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने भाग नष्ट हुने र भाइरस आक्रमणका लागि आसफल तथा कमजोर हुन्छ ।

३. रिटोनावीर लोपिनावीर : सन् २००० मा यसको प्रयोग अमेरिकामा गरिएको थियो । एचआइभी रोक्नका लागि यसको प्रयोग गरिएको थियो । यो शरीरमा तिब्ररुपमा घुल्छ ।

हल्का संक्रमणका लागि रिटोनावीरको प्रयोग गरिन्छ । धेरै संक्रमण भएमा भने लोपिनावीरको प्रयोग गरिन्छ । यो औषधिले शरीरमा भाइरसको आक्रमण हुने ठाउँमा पुगेर भाइरस र मानिसको कोशिकालाई छुट्टाउने काम गर्छ ।

यो औषधि चीनको वुहानमा प्रयोग गरिएको थियो । १ सय ९९ बिरामीलाई दैनिक दुई पटक दुई दुई गोली दिइएको थियो । तर केही बिरामी मरेका पनि छन् । द न्यु इंग्ल्याण्ड जर्नल आफ मेडिसिनमा प्रकाशित लेखमा औषधिको सकरात्मक असरको विषयमा लेखिएको छ ।

४. रिटोनावीर, लोपिनावीर र इन्टरफेरान-भिटाको मिश्रण : यो औषधि साउदी अरेबियाले मिडिलइष्ट रेस्पिरेटरी सिन्ड्रमको समयमा संक्रमित बिरामीमा प्रयोग गरिएको थियो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने टिस्युलाई नोक्सान पुर्याउँछ । त्यसको असरस्वरुप भाइरसको प्रभाव कम हुँदै जान्छ ।

डब्ल्युएचओका अनुसार चीन, अमेरिका, फ्रान्स, स्पेन, अर्जेन्टिना, इरान, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायतका देश अहिले महापरीक्षणमा जुटिरहेका छन् ।

आशा गरिएको छ कि अबको एक महिनामा कुनै नतिजामा पुग्न सकिन्छ । अहिले सबै समयमा खराब समाचार मात्र आएको र अब भने जुुनसुकै समयमा सकरात्मक समाचार आउन सक्छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : २९ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा