१८ चैत्र २०७९, शनिबार | April 1, 2023

सैनामैनामा आइसोलेसन अस्पताल निर्माण हुँदै



सैनामैना । सैनामैनामा प्रतिकोरोना आइसोलेसन अस्पताल निर्माण गर्न लागिएको छ ।

वडा नम्बर १ बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयमा कोरोना बिशेष अस्पताल निर्माण गर्न लागिएको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

व्यवस्थित अस्पतालका रुपमा सञ्चालनमा आइसकेको पद्मपाणी योग तथा प्राकृतिक चिकित्सालयका उपयुक्त कोठाहरुलाई नै थप सुविधासम्पन्न बनाउँदै कोरोना विशेष अस्पताल निर्माण गर्न लागिएको प्रमुख कार्कीले बताउनुभयो ।

उक्त चिकित्सालयको नगर प्रमुख कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर विष्णु गौतम र सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले बुधबार निरीक्षण गरेको छ ।

त्यसक्रममा विशेषज्ञहरुले सबैभन्दा उपयुक्त स्थल र व्यवस्थित संरचना रहेको भन्दै प्रशंसा गरेको चिकित्सालयका संस्थापक अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : ४० बजे

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि

बालसुधार गृहका २४ जनाले दिए एसइई

नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

बागलुङ । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

दाङ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो

आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर