१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

“कोरोना तिमी अदृश्य छौ तर शक्तिशाली छौ”



गत डिसेम्बरबाट चिनको वुहान शहरबाट शुरु भएको महामारीको रुपमा आएको यो भाईरस कोभिड–१९ चिनको उच्च सतर्कता, प्रविधि र दक्ष जनशक्तिको वलमा त्यहां पुरै नियन्त्रणमा आएपनि हाल चिन बाहिर इटली, इरान स्पेन, दक्षिण कोरीया, जर्मनी, फ्रान्स, अमेरीका र बेलायत लगायतका देशमा तिव्रगतीमा फैलिरहेको छ । धेरै देशमा केही दिन र हप्ताको बिचमा नै महामारीको रुप लिनुले यो भाईरस असाध्यै खतरनाक र तिव्र गतीमा फैलिनसक्ने भएको देखिन्छ ।

पछिल्लो समय इटली, स्पेन लगायतका देशले सुरुका दिनमा उच्च सतर्कता र सावधानी नअपनाएकोले जुन हैरानी र क्षती व्यहोरी रहेका छन । यसबाट नेपाल र बांकी विश्वले निकै ठुलो शिक्षा लिनुपर्ने देखिन्छ । यो भाइरसलाई सुरुमा रोकथाम गर्न जती सहज छ, फैलिएपछि नियन्त्रण गर्न त्यो भन्दा कयौं गुणा जटिल र खर्चिलो छ । यसको गती नियन्त्रणकालागि अहिले विश्वका एक चौथाई जनसंख्या कुनै न कुनै रुपमा लक डाउनमा परेका छन ।

बास्तवमा कोरोना आउने न त प्रतिक्षा थियो कसैलाई न त चाह नै तर अचानक यसको आगमनले संसार हल्लाईरहेछ, मन दुखाईरहेछ, यसको आतंकले मन डराईरहेको छ । अनेकौं उपाय गर्दापनि भगाउन सकिएको छैन बरु आफ्नो प्रभाव र अस्तित्वलाई विस्तार गरीरहेको छ । चिनबाट उदाएको यसको यात्रा १९५ भन्दा बढी देशमा पुगिसक्दा पनि अझै अगाडि बढ्न खोजेको देखिन्छ । जे जती भयो त्यसबाट संसार डराएको अवस्था छ । संसार थाकिसक्दा यसको थकान देखिंदैन ।

कोरोनाको उपस्थितीले चारैतिर अनिश्चय छ, मनमा भय छ, जीवनका गन्तव्यहरु अवरुद्ध छन, विकासको गति ठप्प भएको छ । अदृश्य भएपनि यसको प्रभाव, रवाफ र हैकम सबैतिर प्रष्ट देखिएको छ । यसको उपस्थितीले हजारौंको ज्यान गएको छ, कति अस्पतालको शैयामा छट्पटाईरहेका छन, विरामी पर्दा आफ्ना परिवारको मायां ममताको साथ टुटाउनु परेको छ, एक्लै तड्पिनु परेको छ । मलामी विहीन भएको छ । धेरैको वेहाल भएको छ, आफ्नो व्यापार व्यावसाय गुमाउनेको त के कुरा गर्नु ? जागिरबाट हात धुनेहरुलाई कती गन्नु ? कोरोनाको निर्दयी स्वरुपले गरेको वर्बादीले सिमा नाघिसक्यो, आक्रान्त बनायो संसारलाई ।

आज मानिसहरु अलमल छन, उदास छन, सबैमा एकखालको छटपटी छ, सहाराविहीन छ, किन छ यस्तो अवस्था, कहिले सम्म हो ? अनुत्तरीत छ । सबैभन्दा ठुलो भुल यो थियो कि जब यो महामारीको पहिलो आक्रमण भयो तब मानिसहरुले यसको वेवास्ता गरी आफ्नो दैनिक जीवन सामान्य रुपमा चलाईरहे, सबैजना बाटोमा हिंडीरहे, आ आफ्नो काममा थिए, मनोरन्जन गरीरहेका थिए, यसर्थ साथीहरुमाझ भेला हुनु र भोज गर्नु सामान्य थियो । सबैजना गल्ती गर्दै थिए ।

त्यसको परिणाम आज कसको मर्ने पालो डाक्टरहरु भन्छन । यो सबै आम नागरीकहरुले सुरुमा गरेको मुर्खताको कारण हो । यसबाट हामीले सिक्नुपर्ने छ, हाम्रो देश सानो छ बचाउने उपकरण कम छन भोली यो ठुलो त्रासदीको रुपमा परिणत हुन सक्छ । तसर्थ हामीले आफु, आफन्त अनी मायालुहरुलाई जोगाउनु पर्छ, ख्याल राख्नुपर्छ ।

विश्वभर दैनिक काम गरेर गुजारा चलाउनेको संख्या धेरै छ उनीहरुलाई भोकै मार्ने प्रयासमा छ कोरोना, दुई दिनमै अस्पताल बनाउन सक्ने चिनको सडकमा मानिसको शव फेला पर्न थालेको खबरले सिटामोल पाउन पनि मुश्किल हाम्रो देशका नागरीक डराउनुको साटो सजक हुनु जरुरी छ ।

हाम्रो देशमा हुनेखाने भन्दा हुंदाखाने धेरै छन जुनगतीमा फैलिएको छ त्यही रुपमा फैलिदै जादा काम बन्द भई भोकै मर्न बाध्य नै हुनेछन नेपालीहरु । इटलीको स्वास्थ्य क्षेत्र नेपालभन्दा १० औं गुना राम्रो भएपनि यसरी अकल्पनीय विनास हुंदैछ । नेपालमा कोरोना फैलिए उपचार गर्न असम्भव प्राय छ । फैलिन नदिनु मात्रै एउटा विकल्प हो । हामीलाई प्रकृतीले समय दिएको हो हामीले अन्य प्रभावित देशहरुबाट सिक्नुपर्छ । अहिले हामी जुन अवस्थामा छौं त्यहीं राकौं । गल्ती नदोहोर्याउं । विनासको सिडी चढ्नबाट बचौं ।

अस्पताल र राज्यका उच्च पदस्थ अधिकारीको आवासको सुरक्षामा खट्ने सुरक्षाकर्मीलाई छुट्टै राख्ने व्यबस्था मिलाउन जरुरी छ । कोरोना संक्रमण नियन्त्रणको यो अभियानमा लाग्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक र प्रशासनीक कर्मचारीहरुलाई कार्यस्थल नजिक सुरक्षीत र सुविधा सम्पन्न होटलमा राख्ने र खानपिनको छुट्टै व्यबस्था गर्नुपर्ने हुन्छ ।

अस्पतालका सयौं संख्यामा रहेका स्वास्थ्यकर्मी र तिनीहरुको घर परिवार र आफन्तहरुबाट मात्रैपनि संक्रमण फैलिनसक्ने दखिन्छ तसर्थ स्वास्थ्यकर्मीलाई आवश्यक इक्वीपमेण्टको साथमा उनीहरु संगै साथमा रहेका परिवारको लागि अपनाउनुपर्ने सुरक्षाको विषयलाई पनि गम्भिरताका साथ सोंच्नुपर्ने देखिन्छ । कोरोना संक्रमण नियन्त्रणको लागि प्रयोग गरीने सवारी साधन नियमित सरसफाई गर्नुको साथै त्यस्ता साधनहरु छुट्टै स्थानमा राख्ने व्यबस्था गर्नु पर्दछ ।

हामी लकडाउनमा छौं सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कीन भनिरहेको छ तर कतै खाद्यान्नको जोहो गर्ने निउंमा त कतै बैंक तथा वित्तीय संस्था खोल्ने व्यबस्थाले बैंक सम्म रुपैयां पैसा जम्मा गर्ने वा भिक्ने बहानामा कतै मानिसहरुको चहलपहल देखिएको त होईन । खाधान्नको जोहो आबश्यक्ता हो तर फोन मार्फत घरमा डेलिभरी गर्ने व्यबस्था मिलाउन सक्ने हो भने अझ प्रभावकारी हुन्थ्यो होला । बैंकसम्म जानुभन्दा डिजिटल बैंकिङ्खलाई जोड दिनुपर्ने देखिन्छ ।

बैंक वा खाधान्नको लागि हिड्ने मान्छेलाई रोक्न मिल्छ की मिल्दैन ? अत्याबश्क क्षेत्र संक्रमण फैलिने माध्यम बन्ने पो हो की ? यस्ता विविध बहानामा मानिसहरु निस्किंदा लकडाउनको प्रभावकारीता नहुने पो हो की । सोच्नुपर्ने अवस्था छ । भौतीक दुरी संक्रमण बढ्न नदिने प्रभावकारी अस्त्र हुनसक्छ । यसलाई प्रभावकारी कार्यान्वयन गरौं ।

पहिलो, दोश्रो र तेस्रो दिन लकडाउन उल्लङ्खन गर्ने केही पक्राउ परे भन्ने समाचार सुन्नुपर्दा एउटा प्रश्न खडा हुन्छ संयमता कसकालागि चाहिएको ? सरकारकालागि या जनताको लागि ? नेपालीको स्वभाव नै बेग्लै बाहिर कर्फ्यु उलङ्खन गर्नेलाई गोली हान्दा पनि के भएको छ भनेर हेर्न जाने खालको भएकोले होला लक डाउनको अवस्था कतिपयले बुझेर या नबुझेर पनि पालना नगरेको देखिएको छ ।

आजपनि कतै ग्यांस लिने भिड, कतै खाधान्नकालागि भिड, त कतै कामकाजका लागि बाहिर निस्कने पास लिन प्रशासनमा लागेको भिड उत्तीकै देखिएको छ । भिड हेर्नकैलागि अर्को भिड लाग्न बेर लाग्दैन यहां । एउटा भिड कम गर्न खोज्दा फेरी अर्को भिड सुरु हुन्छ भने कसरी हुन्छ भौतिक दुरी कायम । अहिले हामीले सचेतना अपनाउनु पर्छ, आज हामीले अटेरी गर्दा भोलि बिरामी हुंदा आफ्नो प्रीय मान्छे भेट्न नपाउंदाको पिंडा अकल्पनीय छ ।

आफ्नो मान्छेको अन्तिम श्वास पनि हेर्न त कता हो कता मृत्यु पश्चात आफन्तको शव हेरेर रुन पनि पाईदैन । अबस्था त्यस्तो भयावह हुनसक्छ । त्यसैले अहिले सरकारले भनेको मानौं । हामीले यदि आफैलाई आफ्नो घर भित्रै राख्यौं र चिकित्सकले दिएको निर्देशन पालना गर्यौं भने यो कोभिड–१९ विरुद्धको लडाई जित्न सक्छौं ।

त्यसैले विवेक प्रयोग गरौं, सबैले आफ्नो सामाजिक उत्तरदायित्व बोध गरौं । सरकारको निर्देशन पुर्णरुपमा पालना गरौं । महामारी नियन्त्रणको लागि सरकारको निर्णयको पुर्ण पालना गरी सरकारको साथमा साथ मिलाएर हातेमालो गरौं । आफु बचौं र अरुलाई पनि बचाऔं । आतंकीत होईन सचेत बनौं ।

लेखक कृषि विकास बैंक बुटवल शाखाकी शाखा प्रवन्धक हुनुहुन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ५४ बजे

Dhulikhel Municipality submits SDGs report to UN

DHULIKHEL: Dhulikhel Municipality has submitted the Sustainable Development Goals Report,

घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

कञ्चनपुर । दशैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान

मन्दिर दर्शन गर्न सवारी बोकेर जाँदै गरेको जीप पाल्पामा दुर्घटना

बुटवल । पाल्पाको रैनादेबी छहरामा जीप दुर्घटना हुँदा ४ जना

राष्ट्रपति भण्डारीद्वारा नव कन्याको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन