८ चैत्र २०८२, आइतबार | March 22, 2026

लकडाउनको पाचौं दिन : तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने सरकारको निर्णय



काठमाडौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान भित्र्याउन, खाद्य सामग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा गाडी सञ्चालन गर्न सहजिकरण गर्न, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पुर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्न तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुला गर्ने निर्णय गरिएको अर्थमन्त्री एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

समितिले कोलकोत्तादेखि नेपालको भन्सारमा बिन्दुसम्म आएर अड्किएका सामानहरु आवश्यक कागज बनाइ छुटाउनुको साथै ती सामानहरु उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आव्हान गरेको छ ।

समितिले विदेशमा बेखर्ची भएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तिय संस्थालाई आग्रह गर्नुको साथै एकैपटक भीडभाड हुने गरि बाहिर ननिस्कन र दुरी कायम गरेर अत्यावश्यक वस्तुको किनमेल गर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

समितिले सबै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरसको संक्रमणसंग जुध्नका लागि गरिएका प्रयास बारे पनि जानकारी लिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ३० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ