८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोना भाइरसबाट इटलीमा २४ घन्टामा ४४ डाक्टरसहित ९१९ जनाको मृत्यु !



काठमाडौ । इटलीमा कोरोना भाइरसबाट एकदिनमा ९ सय १९ जनाको मृत्यु भएको छ । यो संख्या एक दिनमा मृत्यु हुने सबैभन्दा धेरै हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ४४ चिकित्सकसहित ९ सय १९ जनाको मृत्यु भएको जनाएका छन् ।

पछिल्लो २४ घन्टामा ५ हजार ९ सय ९ नयाँ संक्रमित भेटिएका छन् । जनतालाई घरमा बस्न लगाउनका लागि सरकारले सेना परिचालन गरेको छ । तर पनि जनता सडकमा निस्किन अझै छाडेका छैनन् ।

इटलीमा अहिलेसम्म ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ । यहाँ ८६ हजार ४ सय ९७ जना संक्रमित रहेका छन् । सरकारले चालेका हरेक प्रयास यहाँ असफल भएका छन् ।

इटली स्वास्थ्य क्षेत्रमा संसारमै प्रगति गरेको देश हो । तर पनि यहाँ कोरोना भाइरसको संक्रमण फैलिँदो छ । यहाँका नागरिकले लकडाउन नमानेका कारण यस्तो अवस्था आएको हो ।

इटलीमा संक्रमित मध्ये झण्डै ६ हजार स्वास्थ्यकर्मी छन् । कोरोना भाइरसको सुरुवाती उपचारमा पिपिई नलगाइकन काम गरेकाहरु संक्रमित भएका थिए । पछिल्लो समय भने पिपिई लगाएर उपचारमा संलग्न रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ३४ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा