५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना भाइरसबाट इटलीमा २४ घन्टामा ४४ डाक्टरसहित ९१९ जनाको मृत्यु !



काठमाडौ । इटलीमा कोरोना भाइरसबाट एकदिनमा ९ सय १९ जनाको मृत्यु भएको छ । यो संख्या एक दिनमा मृत्यु हुने सबैभन्दा धेरै हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ४४ चिकित्सकसहित ९ सय १९ जनाको मृत्यु भएको जनाएका छन् ।

पछिल्लो २४ घन्टामा ५ हजार ९ सय ९ नयाँ संक्रमित भेटिएका छन् । जनतालाई घरमा बस्न लगाउनका लागि सरकारले सेना परिचालन गरेको छ । तर पनि जनता सडकमा निस्किन अझै छाडेका छैनन् ।

इटलीमा अहिलेसम्म ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ । यहाँ ८६ हजार ४ सय ९७ जना संक्रमित रहेका छन् । सरकारले चालेका हरेक प्रयास यहाँ असफल भएका छन् ।

इटली स्वास्थ्य क्षेत्रमा संसारमै प्रगति गरेको देश हो । तर पनि यहाँ कोरोना भाइरसको संक्रमण फैलिँदो छ । यहाँका नागरिकले लकडाउन नमानेका कारण यस्तो अवस्था आएको हो ।

इटलीमा संक्रमित मध्ये झण्डै ६ हजार स्वास्थ्यकर्मी छन् । कोरोना भाइरसको सुरुवाती उपचारमा पिपिई नलगाइकन काम गरेकाहरु संक्रमित भएका थिए । पछिल्लो समय भने पिपिई लगाएर उपचारमा संलग्न रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको