३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नेपालगञ्ज एयरपोर्ट पुगेको नेपाल एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना



काठमाडौ । नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगञ्ज एयरपोर्ट पुगेको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

नेपालगञ्ज एयरपोर्टमा अवतरणका क्रममा चिप्लिएर झाडीमा पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटना भएको प्रहरी प्रक्ता एसएसपी उत्तमराज जोशीले पुष्टि गर्नुभएको छ ।

विमानस्थलमै रहेका सुरक्षाकर्मीका अनुसार, ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर दुई सय मिटर जति झाडीमा पुगेको छ । विमान चिप्लिँदै गर्दा ठूलो आवाज समेत आएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

विमानमा रहेका तीनजना चालक दलका सदस्य छन् भने दुई जना चिकित्सक छन् । उनीहरु सकुशल छन् । विमानमा भने क्षति पुगेको छ ।

सो विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन गएको बुझिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : ३६ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क