८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघ्यो , इटालीमा मात्र १० हजार को ज्यान गयो



काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार ९ सय पुगेको छ ।

आइतबार बिहानसम्म ३० हजार नौ सय जनाको ज्यान गएको छ । भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ६३ हजार सात सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अमेरिका कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै अर्थात् एक लाख २३ हजार ८ सय ४० पुगेको छ ।

अमेरिकापछि इटलीमा सङ्क्रमितको सङ्ख्या ९२ हजार चार सय ७२ पुगेको छ । चीन तेस्रो नम्बरमा छ, जहाँ ८१ हजार चार सय ३९ जना सङ्क्रमित भएका छन् ।

भाइरसबाट ज्यान गुमाउनको सङ्ख्यामा इटली सबैभन्दा अघि छ । इटलीमा १० हजार २३ जनाको ज्यान गइसकेको छ । इटलीपछि स्पेनमा पाँच हजार ९ सय ८२, चीनमा तीन हजार तीन सय, इरानमा दुई हजार पाँच सय १७, फ्रान्समा दुई हजार तीन सय १४ र अमेरिकामा दुई हजार दुई सय ११ जनाको ज्यान गएको छ ।
त्यस्तै विश्वभरि भाइरस सङ्क्रमितमध्ये एक लाख ४२ हजार १ सय ८३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ९ : १२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ