८ चैत्र २०८२, आइतबार | March 22, 2026

अमेरिकाले भोलि नेपालमा रहेका आफ्ना नागरिक लैजाँदै



काठमाडौ । नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजको विमान चार्टड गरेर अमेरिका भोलि अमेरिका लैजाँदैछ । काठमाडौंबाट दोहा हुँदै उक्त विमान अमेरिकाको वासिंटन डिसीमा पुग्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विमान मार्च ३१ मंगलबार दिउसो १२ बजेतिर काठमाडौंबाट प्रस्थान गर्नेछ उड्नेछ। अमेरिकी सरकारको विदेश मन्त्रालयले उक्त विमान चार्टड गरेको हो ।

पहिलो प्राथमिकता ६५ बर्ष काटेका र स्वास्थ्य समस्या भएकाहरुलाई दिइने भएको छ । दोश्रो प्राथमिकता बालबालिकाहरुलाई दिइने भएको छ भने तेश्रो प्राथमिकता मेडिकल आवश्यकता भएका अन्य अमेरिकीहरुलाई दिइनेछ । त्यपछि सबैभन्दा पहिले आउने अमेरिकी नागरिकले प्राथमिकता पाउने दूतावासले जनाएको छ ।

नेपालमा रहेका अमेरिकीहरुलाई अमेरिका ल्याउनका लागि अमेरिकी दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई काठमाडौंमा जम्मा गरिरहेको छ ।

नेपाल सरकारसँग समन्वय गरेर पोखरा र लुक्लामा रहेका अमेरिकन नागरिकलाई काठमाडौं ल्याउनका लागि यात्रा प्रबन्ध गर्न सफल भएको र अरुलाई पनि ल्याउने प्रयास गरिरहेको काठमाडौंस्थीत अमेरिकी दूतावासले जनाएको छ । नेपाल पर्यटन बोर्ड र स्थानीय सीडीओहरुसँग समन्वय गरेर विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिकलाई काठमाडौं आउने वातावरण बनाइरहेको दूतावासले जनाएको छ ।

यी उडानमार्फत अमेरिका जानका लागि लाग्ने शुल्क अरुबेलामा इकोनोमी उडानका लागि लाग्ने शुल्कभन्दा बढी नहुने र अमेरिका आइसकेपछि अमेरिकी विदेश मन्त्रालयले उक्त शुल्क तिर्ने संयन्त्र बनाउने जनाइएको छ । १८ सयदेखि २ हजार डलरको बीचमा रकम तय गर्ने प्रयास गरिरहेको दूतावासले जनाएको छ ।

तर यी उडानबाट अमेरिका आउनका लागि हरेक अमेरिकी नागरिकले डीएस ५५२८ नामको फर्म भरेर दूतावासमा बुझाउनुपर्नेछ ।

दूतावासले अमेरिका फर्कन चाहेका नेपालमा रहेका अमेरिकी नागरिकलाई सुरुमा अर्को फर्म भर्न समेत आब्हान गरेको छ । नेपालबाट अहिले फर्कन नचाहेकाहरुले फर्म भर्न आवश्यक नरहेको दूतावासले जनाएको छ । फर्कन चाहेकाहरुका सन्दर्भमा नेपालबाट अमेरिकाको उडान सन्दर्भमा वासिंटन डिसीसँग पनि समन्वय गरिरहेको दूतावासको भनाई छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ