३ मंसिर २०८२, बुधबार | November 19, 2025

अमेरिकाले भोलि नेपालमा रहेका आफ्ना नागरिक लैजाँदै



काठमाडौ । नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजको विमान चार्टड गरेर अमेरिका भोलि अमेरिका लैजाँदैछ । काठमाडौंबाट दोहा हुँदै उक्त विमान अमेरिकाको वासिंटन डिसीमा पुग्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विमान मार्च ३१ मंगलबार दिउसो १२ बजेतिर काठमाडौंबाट प्रस्थान गर्नेछ उड्नेछ। अमेरिकी सरकारको विदेश मन्त्रालयले उक्त विमान चार्टड गरेको हो ।

पहिलो प्राथमिकता ६५ बर्ष काटेका र स्वास्थ्य समस्या भएकाहरुलाई दिइने भएको छ । दोश्रो प्राथमिकता बालबालिकाहरुलाई दिइने भएको छ भने तेश्रो प्राथमिकता मेडिकल आवश्यकता भएका अन्य अमेरिकीहरुलाई दिइनेछ । त्यपछि सबैभन्दा पहिले आउने अमेरिकी नागरिकले प्राथमिकता पाउने दूतावासले जनाएको छ ।

नेपालमा रहेका अमेरिकीहरुलाई अमेरिका ल्याउनका लागि अमेरिकी दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई काठमाडौंमा जम्मा गरिरहेको छ ।

नेपाल सरकारसँग समन्वय गरेर पोखरा र लुक्लामा रहेका अमेरिकन नागरिकलाई काठमाडौं ल्याउनका लागि यात्रा प्रबन्ध गर्न सफल भएको र अरुलाई पनि ल्याउने प्रयास गरिरहेको काठमाडौंस्थीत अमेरिकी दूतावासले जनाएको छ । नेपाल पर्यटन बोर्ड र स्थानीय सीडीओहरुसँग समन्वय गरेर विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिकलाई काठमाडौं आउने वातावरण बनाइरहेको दूतावासले जनाएको छ ।

यी उडानमार्फत अमेरिका जानका लागि लाग्ने शुल्क अरुबेलामा इकोनोमी उडानका लागि लाग्ने शुल्कभन्दा बढी नहुने र अमेरिका आइसकेपछि अमेरिकी विदेश मन्त्रालयले उक्त शुल्क तिर्ने संयन्त्र बनाउने जनाइएको छ । १८ सयदेखि २ हजार डलरको बीचमा रकम तय गर्ने प्रयास गरिरहेको दूतावासले जनाएको छ ।

तर यी उडानबाट अमेरिका आउनका लागि हरेक अमेरिकी नागरिकले डीएस ५५२८ नामको फर्म भरेर दूतावासमा बुझाउनुपर्नेछ ।

दूतावासले अमेरिका फर्कन चाहेका नेपालमा रहेका अमेरिकी नागरिकलाई सुरुमा अर्को फर्म भर्न समेत आब्हान गरेको छ । नेपालबाट अहिले फर्कन नचाहेकाहरुले फर्म भर्न आवश्यक नरहेको दूतावासले जनाएको छ । फर्कन चाहेकाहरुका सन्दर्भमा नेपालबाट अमेरिकाको उडान सन्दर्भमा वासिंटन डिसीसँग पनि समन्वय गरिरहेको दूतावासको भनाई छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०२ बजे

पशुपति आर्यघाटमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ?

काठमाडौँ । पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि

सिमरा घटना जेनजीको भावना होइन, दुरुपयोग हो : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा

ताप्लेजुङ तेम्बा बजारको आगलागीबाट एक करोड १८ लाखबढीको क्षति

फुङ्लिङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड

५ वटा ज्यानमार्ने उद्योगसहित ६ मुद्दामा फरार सरोजविक्रम विष्ट (समिर)पक्राउ

नेपालगन्ज । बाँकेमा ५ वटा ज्यान मार्ने उद्योग र एक