२४ मंसिर २०८०, आइतबार | December 11, 2023

कोरोना अपडेट : विश्वभर ७ लाख २१ हजार संक्रमित, ३३ हजार ९ सय बढीको मृत्यु



काठमाडौ । पछिल्लो वल्र्डमिटरको तथ्याँक अनुसार विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय भन्दा बढीको पुगेको छ ।

नेपाली समयअनुसार आज सोमबार विहान साढे ६  बजेसम्म थप ३ हजार ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५१ हजार १० जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समयमा कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ५६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।

इटाली पूर्ण लकडाउनको अवस्थामा रहदा पनि संक्रमण फैलने क्रम रोकिएको छैन । ५२ सय १७ जना थप मानिस संक्रमित हुँदा कोरोनाको संक्रमणबाट ९७ हजार ६ सय ९८ मानिस प्रभावित भएका छन् ।

उपचार गराइरहेका ७३ हजार ८ सय ८० जनामध्ये ३९ सय ६ जनाको अवस्था गम्भीर छ । यद्यपि अहिलेसम्म १३ हजार ३० जना भने उपचारपछि निको भएर घर फर्किएको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणमा परेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ४८ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ८१ जना संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २४ सय ६८ पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ५ सय ५९ पुगेको छ । ४४ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

उपचार गराइरहेका १ लाख ३४ हजार भन्दा बढी मानिसमध्ये २९ सय ७० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै अनिश्चितकालिन राष्ट्रिय संकटकाल लगाइएको छ ।

यस्तै स्पेनमा ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ भने ८० हजार भन्दा बढी संक्रमित भएका छन् ।

इरानमा २६ सय ४० को मृत्यु हुँदा फ्रान्समा २६ सय ६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएको छैन । त्यहाँ ३३ सय मानिसको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०९ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक