१६ आश्विन २०७९, आइतबार | October 2, 2022

विदेशबाट आएका सबै नागरिकहरुले कोरोना (कोभिड-१९) बोकेर आएका हुँदैनन्



बुटवल । आईसोलेसन वार्डमा भर्ना भएका बिरामीहरु धमाधम मृत्यु हुने र मृत्युपछि उनीहरुको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आउने घटना दोहोरिन थालेपछि देशभर बनाईएका आइसोलेसन वार्डको उपचार पद्दतिप्रति नै प्रश्न उठ्ने सम्भावना खडा भएको छ ।

कोरोना विशेष अस्थायी अस्पतालमा आईतबार मृत्यु भएका रुपन्देही सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोना भाइरसको आशंकमा गत १३ गते अस्पताल भर्ना भएका उनको रिपोर्ट आइतबार केन्द्रिीय प्रयोगशालामा पठाईएकोमा सोमबार रिपोर्ट नेगेटिभ आएको हो ।

पहिलो रिपोर्ट नेगेटिभ आएपछि पुनः परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको अस्थायी अस्पतालका सुचना अधिकृत डा. विष्णु गौतमले जानकारी दिनुभयो । मृतक बाबुरामको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालको उपचार पद्दतीमा प्रश्नचिन्ह खडा भएको छ । उनलाई ट्राभल स्टोरीकै आधारमा आईसोलेसन वार्डमा भर्ना गरिँदा अन्य रोगको उपचार नपाएर मृत्यु भएको देखिन आएको छ ।

गत ६ गते दुबईबाट नेपाल आएका थापालाई आउँदाखेरी नै सामान्य ज्वरो आएको भनिएको छ । सुरुमा मेडिकलबाट औषधी लिएर खाँदा ठिक भएको र पुनः ज्वरो आएपछि उनी लुम्बिनी प्रादेशीक अस्पताल पुगेका थिए । अस्पतालले उनको ट्राभल स्टोरीकै आधारमा कोरोना बिशेष अस्पतालमा पठाएको थियो । उनको मृत्यु भएको सम्बन्धमा अस्पतालले कुनै कारण खुलाउन सकेको छैन ।

अस्पतालका सुचना अधिकारी डा. गौतमले मृत्यको कारण पत्ता लगाउन पोष्टमार्टम गरेर अर्गान परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । एउटा बिरामी अस्पतालमा बिरामी हुन्छ र उनको मृत्युको कारण थाहा हुन नसक्नु पक्कै पनि चिन्ताको बिषय हो भन्नुपर्दछ । आईसोलेसनको मापदण्डबिना नै आईसोलेसन वार्ड बनाईएको स्वयं चिकित्सकहरुले गुनासो गर्न थालेका छन् ।

पर्सनल प्रोटेक्टीभ ईकुमेण्ट पीपई बिना आईसोलेसन वार्ड बनाईएको चिकित्सकहरुको भनाई छ । त्यहाँ न अक्सिजनको पाईप छ न त भेण्टीलेटर नै । बोर्ड मात्र झुण्डाएर आईसोलेसन नहुने तर्क छ डा. गौतमको । एकजना बिरामी हेर्न जानुपर्दा ८ जना बिरामीसंग सम्पर्क गर्न चिकित्सक बाध्य हुनुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

बुटवलको धागो कारखानामा बनाईएको कोरोना बिशेष अस्थायी अस्पतालमा एउटै हलमा आधा अल्मुनियम पार्टेशन गरेर ८ जना बिरामी राख्ने वार्ड बनाईएको छ । डाक्टर गौतमको भनाईलाई मान्ने हो भने चिकित्सकहरु त्यति खतरा मोलेर बिरामीको उपचार गरिरहेकाछन् त ? भन्ने प्रश्न सजिलै गर्न सकिन्छ ।

विदेशबाट आएका सबैलाई कोरोना बोकेरै आएका नागरिक जस्तो वयवहार भएको कारण पनि यस्ता घटना उत्पन्न भएका हुन् । राज्यले या त विदेशबाट आएका सबैको स्वाब परीक्षणको ब्यवस्था मिलाउन सक्नु पर्दथ्यो वा सबैलाई क्वारेन्टाइनमा राख्न सक्नुपर्दथ्यो । त्यसो नगरी विदेशबाट आएका जो कसैलाई रुघा लागे पनि ज्वरो आए पनि वा खोकी लागेपनि सिधै आईसोलेसनमा राख्ने र उपयुक्त सुरक्षा सामाग्रीका अभावमा चिकित्सकले नजिक गएर उपचार गर्न नसक्ने परिपाटीले कोरोना बिना नै मान्छे मर्न सक्ने खतरा बढेको देखिन्छ ।

सोमबार मात्र प्रदेश नम्बर ५ मा ६१ वटा नमुना परिक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाईएकोमा ५८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नेगेटिभ रिपोर्ट आएकाहरुलाई पुनः स्थानीय अस्पताल फर्काएर उपचार गरिने डा. गौतम बताउनुहुन्छ । जिल्लामा कोरोना अस्पताल नाम दिएर अस्पतालहरु खुलेको प्रचार गरिए पनि त्यस्ता अस्पतालमा कोरोनाको उपचार नहुने गौतमको भनाई छ ।

पोजेटिभ रिपोर्ट आएमा रिफर गर्नुको विकल्प नभएको भन्दै डा. गौतमले आईसीयू भनिए पनि मापदण्ड बिनाको आईसीयुमा उपचार हुन नसक्ने बताउनुहुन्छ । सरकारले रुपन्देहीको भीम अस्पताललाई कोरोना उपचार गर्ने अस्पताल बनाउने घोषणा गरेको छ । मेडिकलका फिजिसियन वा विज्ञहरुको सल्लाह बिना नै आईसियु वा आईसोलेसन वार्ड बनाउँदा चिकित्सकहरुलाई समस्या देखिएको उहाँको भनाई छ ।

आईसाेलेसन बेड वा कोरोना अस्पताल भनेपछि कम्तीमा पर्याप्त अक्सिजन नाप्ने अक्सिमिटर, स्वास्थ्यकर्मी लाई आवश्यक PPE ,
अन्तिम अवस्थामा CPR गर्ने डिफिबुलेटर, नेबुलाइजर जस्ता उपकरणको आवश्यकता पर्दछ तर हाल स्थानीय निकायले धमाधम खोलेका कोरोना अस्पतालहरुमा त्यस्ता न्युनतम उपकरणहरुको समेत पर्याप्त ब्यवस्था छैन ।

एकै पटक एकै ठाउमा लहरै शंका गरिएका बिरामी राख्दा मानौ २० जना बिरामीमा एउटा मात्रै सन्क्रमित रहेछ र अरु अन्य रोगी रहेछन भने उनिहरु समेत सत प्रतिशत कोरोना बाट पिडित हुने सम्भावना देख्न सकिन्छ ।

उता लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल भने अकस्मात उत्पन्न भएको विश्वव्यापी माहामारीका कारण सबै मापदण्ड पुरा हुन नसक्नुलाई स्वाभाविक मान्नुहुन्छ । विश्व समुदायलाई चुनौती दिएको कोरोना भाइरसलाई रोकथाम गर्न अहिले उपलब्ध साधन र स्रोतहरुको अधिकतम उपयोगको विकल्प नरहेको बताउँदै डाक्टर खनालले सरकारले उपलब्ध गराएको साधन स्रोत र आफुहरुसँग भएको दक्षता प्रदर्शन गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

उहाँले ट्राभल स्टोरी र लक्षणहरुको अवस्था हेरेरमात्र बिरामीलाई बिशेष अस्पताल पठाईने गरेको बताउँदै चिकित्सकहरुले सबै बिरामीको ईमान्दारीकासाथ उपचार गरिरहेनुभएको बताउनुहुन्छ । मृतक बाबुरामलाई निमोनियाको औषधी चलाईरहेको र उनको रगत एक्सरे लगायतका अन्य परीक्षण गरिएकाले उपचार नपाएको भन्न नमिल्ने डाक्टर खनालको भनाई छ ।

सरकारले चिकित्सकहरुलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ ईकुप्मेण्टको आवश्यक व्यवस्था गरिरहेको र अझै द्रुत गतिमा त्यसको उपलब्धता भईरहेको बताउँदै खनालले विदेशबाट आएका बाहेक आन्तरिक नागरिकलाई अहिलेसम्म कोरोना भाइरसको लक्षण नदेखिनु सकारात्मक पक्ष भएको बताउनुहुन्छ । नेपालमा अहिलेसम्म विदेशबाट आएका ५ जनालाई मात्र कोरोना भाईरस कोभिड १९ पोजेटिभ देखिएको छ ।

महामारी सुचना दिएर आउँदैन । कुनैपनि बेला महामारी आउन सक्छ र उसले सर्वनाश गर्न सक्छ । यतिबेला फैलिएको कोभिड–१९ ले विश्वका शक्तिशाली राष्ट्रहरुलाई नै चुनौती दिईरहेका बेला नेपाल सरकारले जुन तयारी गरेको छ त्यसलाई कमजोर ठान्नु हुँदैन । यतिबेला राज्यको कदममा हरेक नागरिकले रचनात्मक आलोचना गर्दै सहयोगीको भुमिका खेल्नु पर्दछ ।

ध्वंसात्मक आलोचनाले जीवन मरणको लडाईं लडिरहेका हजारौं चिकित्सक तथा स्थास्थ्य क्षेत्रमा काम गरिरहेकाहरुको मनोबल खस्काउने काम मात्र गर्दछ ।

माहामारीका बेला हतारमा गरिएका निर्णयहरु नियमित रुपमा सफा भएपनि दृष्टि नपुगेका कारण केहि कमीकमजोरी पनि हुन सक्दछ । त्यसैले राज्यले पनि नागरिकको तर्फबाट आएका स्वस्थ आलोचनालाई स्वीकार गर्दै कमीहरुलाई सच्याउन तयार हुनपर्दछ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : २२ बजे

आयोगले तोक्यो निर्वाचनका लागि खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि

सुदीप गौतम – मर्दी हिमाललाई विश्वमाझ चिनाए, ३५ वर्षकै उमेरमा मर्दीमै बिलाए

गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा

भोजपुरे खुकुरीको माग बढदै, कालिगड अभाव

भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे

लिङ्गे पिङ सम्झँदै गुलेली पिङमा मच्चिँदै हुईंकिने

कुश्मा । “कस्तो आङ्नै जिरिङ् भो । दसैंमा एकपटक भूँइ