८ बैशाख २०८१, शनिबार | April 20, 2024

हामी १७ वर्षअघि भएको सार्स संक्रमणको समस्यादेखि नै सचेत र तयार थियौं : सिंगापुरका प्रधानमन्त्री



‘के भइरहेको छ भन्ने कुरा जनतालाई बुझाउन हामी निकै प्रयास गर्छौं। जनतालाई सिधै र पारदर्शीरुपमा जे हो त्यहि भन्छौं। दुखद् र तीतो कुरा भएपनि भन्छौं। जे कुरा गर्नुछ, त्यो भन्छौं। यस्ता लडाइँमा पहिला जनताको विश्वास जित्नैपर्छ।’

अमेरिकालगायत विश्वका शक्तिशाली राष्ट्रहरुलाई पनि सम्हाल्न कठिन भएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणलाई अहिलेसम्म आफ्नो नियन्त्रणमा राख्न सफल भइरहेको छ, पूर्वी एशियाली राष्ट्र सिंगापुर। सिंगापुरको सफलताबाट अमेरिका लगायत कोरोना संक्रमण सामना गरिरहेका अन्य देशले धेरै सिक्ने अवस्था छ।

  • हामीलाई भनिदिनुस्, सिंगापुरले ठ्याक्कै के गर्यो जसले गर्दा कोरोनालाई नियन्त्रणमा लिन सकियोरु तपाईंको सफलताको मुख्य कारण के हो ?

अहिले नै म सफलताको कुरा गर्न हिच्किचाउँछु, किनभने अहिले हामी यो लडाईंको बीचमै छौं। यो (संक्रमण) अझै तीब्र रुपमा बढ्दैछ। हामीले सुरुदेखि नै यो कुरालाई निकै गम्भीर रुपमा लियौं। चीनको वुहानमा जे भइरहेको थियो, त्यो देखेर हामीले आफ्ना जनतालाई तयार गरेका थियौं। हामी तयारी गरिरहेका थियौं। वास्तवमा हामी १७ वर्षअघि भएको सार्स संक्रमणको समस्यादेखि नै सचेत र तयार थियौं। जब संक्रमणका केस (बिरामी) हरु आउन थाले, त्यतिबेला नै हामी उनीहरुलाई पहिचान गर्न सफल भयौं। हामीले कोभिड–१९ का लागि हुने परीक्षण र उपचार निशुल्क हुनेछ भन्यौं। आइरहेका मान्छेहरुको पनि हामीले सम्पर्क पत्ता लगायौं। र, उनीहरुलाई तत्कालै अरुबाट छुट्याउन सक्यौं। यसरी हामीले हाम्रो जनसंख्यामा संक्रमण तीब्र हुनबाट रोक्न सक्यौं। आमजनतालाई बुझाउन पनि हामीले निकै मेहनत गर्यौं। हामीले अहिले के सामना गरिरहेका छौं, हामीले के गर्नुपर्छ, र हामीलाई कुन कुन कदममा सहयोग गर्नु आवश्यक छ ताकि हाम्रा प्रयासहरु सफल हुनेछन्। जस्तै, एकअर्कासँग दुरीमा रहने, व्यक्तिगत सरसफाई कायम राख्ने, घरमै बस्ने, काममा नजाने, अरुसँग घुलमिल नहुने। ठूलो प्रयासपछि यी कदमले संक्रमितको संख्या कम गर्न सहयोग गर्यो। अझै पनि हामीले धेरै गर्नुछ। लामो लडाईं बाँकी नै छ।

  • कन्ट्याक्ट ट्रेसिङबारे बताउनुस्, जुनकुरा एकदम निपुणताका साथ गरिएको देखियो। के तपाईंहरुले कुनै व्यक्तिको फोन नम्बरमार्फत् उनीहरु कतिबेला कहाँ पुगे लगायतका कुरा पत्ता लगाएर काम गर्नुभएको हो ? तपाईंहरुसँग एउटा एप पनि छ जसले कुनै मानिस कुनै संक्रमित नजिकै भएको कुरा पनि देखाउँछरु यी सबै गर्न कति कठिन थियो ?

हामीले फोन विवरण प्रयोग गरेका छैनौं। हामी सम्बन्धित मानिसहरुसँग अन्तर्वार्ता लिन्छौं। उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरूसँग कुरा गर्छौं। उनीहरुलाई सोध्छौं र धेरै कुराका प्रसंगहरु जोड्छौं। यो त पुरानै र निकै धैर्यतापूर्वक गर्ने बिधि हो। हामी तत्काल त्यसको नतिजा खोज्नुभन्दा पनि दिनभर र धेरै दिन लगाएर उत्तर खोज्छौं। हामीसँग एप पनि छ, जसले कुनै व्यक्तिले अरु व्यक्तिहरुसँग गरेको सम्पर्क देखाउँछ, जो बिरामी पनि हुनसक्छ। यो सबै क्रमशः प्रगति हुँदै जाने कुरा हो। यसले कत्तिको काम गर्छ, अझै हेर्दै जानुछ।

  • सिंगापुरमा अन्यत्रभन्दा बलियो पकड र नियन्त्रणकारी सरकार भएका कारण यो संभव भएको हो भन्नेहरुबारे के छ भनाइ?

हामीसँग त्यस्तो असाधारण शक्ति छैन। मुख्य कुरा जनताले हामीले के सामना गरिरहेका छौं भन्ने कुरा बुझ्नु जरुरी छ। हामीले गरेको कुरालाई समर्थन र सहयोग गर्न जरुरी छ। सरकारमाथि जनताको विश्वास हुनुपर्छ। त्यसैले हामी के भइरहेको छ भन्ने कुरा बुझाउन निकै प्रयास गर्छौं। जनतालाई सिधै र पारदर्शीरुपमा जे हो त्यहि भन्छौं। दुखद् र तीतो कुरा भएपनि हामी भन्छौं। जे कुरा गर्नुछ, त्यो भन्छौं। जनताको विश्वास जित्नैपर्छ। जनताले विश्वास गरेनन् भने तपाईंले राम्रै काम गर्न खोजेको भए पनि त्यो कार्यान्वयन गर्न कठिन हुन्छ।

  • तपाईंले बीचमै अर्को नयाँ र राहत बजेट ल्याउनुभयो। त्यसबारे बताइदिनुस्।

केही क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ। हवाई क्षेत्र ओरालो लागेको छ। पर्यटन क्षेत्र ध्वस्त भइसक्यो। ट्राभल सेक्टर, होटेल निकै कठिन अवस्थामा छन्। आपूर्ति प्रणाली अवरुद्ध भएको छ, किनभने अरु देशमा पनि व्यवसाय पूर्ण सञ्चालनमा छैनन्। हाम्रो उत्पादन पनि प्रभावित भएको छ। यसरी यसबाट आर्थिक क्षेत्रमा बृहत् रुपमा नै असर परेको छ।

स्वरोजगारीमा रहेका मानिस पनि अहिले संकटमा छन्। जो संगीत लगायतका क्षेत्रमा थिए, जसले दैनिक ज्यालादारी काम गर्थे, उनीहरुको रोजगारी पनि बिलाएको छ। यो छिट्टै पुनःस्थापित हुने अवस्था छैन। भाइरसमाथि नियन्त्रण कायम गर्न, जनजीवन, आवतजावत र सामाजिक अन्तरक्रिया लगायत सबै कुरा सामान्य हुन समय लाग्नेछ।

  • भाइरसमाथि नियन्त्रण कायम गर्ने भनेको के हो ?  व्यापक संक्रमणपछि सामुहिक रोग प्रतिरोधात्मक क्षमता विकास हुन दिने वा कुनै त्यस्तो भ्याक्सिन आउँदासम्म पर्खिनुपर्ने हो वा राम्रो थेरापीको विकास हुनुपर्ने हो ?

सामुहिक रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने अवधारणामा जाँदा त जनसंख्याको ठूलो अंश संक्रमित हुन्छ। जर्मन चान्सलर एंगेला मर्केलले त्यसबारे राम्रोसँग बताउनुभएको छ। त्यो अवधारणाअनुसार जाँदा जर्मनीको हकमा ७० प्रतिशत जनसंख्या नै प्रभावित हुने उहाँको भनाइ छ। त्यो भनेको निकै पीडादायी हुन्छ। त्यसले इटली र अन्य शहरको जस्तै परिस्थिति धेरै ठाउँमा आउनसक्छ। अनियन्त्रित महामारीको अवस्था आउनसक्छ। त्यसैले हामीले यो संक्रमणको गतिलाई क्रमशः कम गर्दै, रोक्दै जाने र निकै लामो समय लगाएर भए पनि यसलाई पार लगाउने हो। त्यसको लागि राम्रो उपचार र भ्याक्सिन नै हो। अहिले अत्यन्त प्रतिभाशाली व्यक्तिहरु यसमा निकै मेहनतका साथ काम गरिरहेका छन्। म प्रार्थना गर्छु, यसमा छिटै प्रगति हुनेछ।

(सीएनएनका अन्तर्वार्ताकार फरिद जकारियाले सिंगापुरका प्रधानमन्त्री ली सियन लुङसँग गरेको अन्तर्वार्ता)

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : १८ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु