८ बैशाख २०८१, शनिबार | April 20, 2024

सीमामा अलपत्र भारतीयहरु प्रतिमान नीमा कलेजमा



भैरहवा । नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरिएको छ । केही दिनदेखि सीमा क्षेत्र सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई नौतनवामा राखिएकोे हो ।

मंगलबार नेपाल र भारत दुई देशका सुरक्षा अधिकारीबीचको संवादले दुवै देशमा अलपत्र परेका नागरिकलाई आ–आफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका १ सय ५६ जना भारतीय मजदुरलाई भने नेपाल पक्षले क्वारेन्टाइनमा राख्ने गरी सहमति गरिएको प्रजिअ पन्थले जानकारी दिनुभयो । दुवै देशका नागरिक दशगजा क्षेत्रमा अलपत्र परेपछि स्थानीयस्तरबाट दुवै देशका सरकार प्रति आलोचना बढेको थियो ।

सीमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनवातर्फ लगिएको छ भने भारतीय मजदूरलाई रुपन्देहीको भैरहवास्थित प्रतिमान निमा कलेजमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले २००३ देखि शिक्षा, स्वास्थ तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ, संकटमा परेका मानिसलाई सहयोग गर्नु मानवीय दायित्व हो, प्रतिमान नीमा स्मति प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भन्नुभयो, “संकटको समयमा परेका व्यक्तिका साथै राज्यलाई सहयोग गर्नु हाम्रो दायित्व हो ।” सरकारको काममा थप सहयोग होस् भन्ने उद्देश्यले प्रतिष्ठानले यस्तो कदम चालेको उहाले बताउनुभयो ।

प्रतिमान–निमा कलेजको क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरुलाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको उपप्रमुख उमा काफ्लेले बताउनुभयो । यहाँ खानपिनको व्यवस्था छ, क्वारेन्टाइनमै उहाँहरुलाई १४ दिन राखिनेछ, अहिलेको अनुसार महामारीमा सर्तकता अपनाउँदै अगाडी बढ्नुपर्छ, उहाले भन्नुभयो ।

त्यस्तै क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको व्यवस्थापनमा बेलहिया समाजले पनि सहयोग गरेको स्थानीय रमेश पोखरेलले बताउनुभयो । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई समुह बनाएर नेपाल ल्याउन प्रदेश ५ सरकारले निर्णय गरे पनि त्यो भने कार्यान्वयन हुन सकेन ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ३३ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या