२० श्रावण २०८३, बुधबार | August 5, 2026

लायन्स क्लबहरुद्धारा खाद्यान्न बितरण



बुटवल । बुटवलमा कृयाशिल बिभिन्न लायन्स क्लवको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ सुकुम्बासी टोलमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।

कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामकालागि सरकारले कलडाउन गरेपछि दैनिक ज्यालादारी गरि खानेवर्गलाई लक्षित गरेर खाद्यान्न वितरण गरिएको हो ।

लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र डिष्ट्रिक्ट को चिफ एड्भाईजर सुनिता श्रेष्ठको नेतृत्वमा लायन्स क्लव अफ सयपत्री, लायन्स क्लव अफ बुटवल स्टार, लायन्स क्लव अफ रुपन्देही, लायन्स क्लव अफ बुटवल सनसाईन, लायन्स क्लव अफ बुटवल खस्यौली, बुटवल माध्यमिक बिद्यालय भूपू बिद्यार्थी मञ्चका उपाध्यक्ष बासुदेव लामिछानेको सहकार्यमा त्यस क्षेत्रका एकसय घरलाई खाद्यान्न वितरण गरिएको हो ।

दैनिक ज्याला मजदुरी गरि खाने मजदुर वर्ग लकडाउनका कारण काम बिहिन भएकै कारण साँझ बिहान गास बिहिन बस्नु नपरोस भन्ने उद्देश्यले लायन्स क्लवहरुले सहकार्य गरेर खाद्यान्न वितरण गरिएको लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बताउनु भयो ।
लायन्स क्लवहरुको सहकार्यमा संकलित खाद्यान्न तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टंकप्रसाद तिवारीलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएको थियो भने वडा अध्यक्ष तिवारीले लक्षित वर्गलाई वितरण गर्नुभएको हो ।

वडा अध्यक्ष तिवारीले सिंगो मुलुक लकडाउन हुँदा पनि लायन्स क्लवहरुले सहकार्य गरेर विपन्न मजदुर वर्गलाई खाद्यान्न वितरण गर्ने काम स्रहानीय रहेको बताउनु भयो ।

त्यस अवसरमा उनीहरुलाई चामल, तेल, नुन र दाल प्रदान गरिएको थियो । त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपांग आश्रमलाई पनि तेल र दाल प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ८ : २६ बजे

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा