५ पुस २०८२, शनिबार | December 20, 2025

विपन्नको घरदैलोमा लियो सिद्धार्थनगर युथ



भैरहवा । कोरोना भाइरसको महामारीका कारण सरकारले घोषणा लकडाउन घोषणा गरेपछि यतिबेला खास गरी विपन्न परिवार त्यसको प्रत्यक्ष मारमा परेका छन् ।

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने नागरिक यतिबेला संकटमा परेका छन् । त्यस्ता विपन्न नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो क्लब अफ सिद्धार्थनगर युथले राहत सामाग्री वितरण गरेको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा रहेका ५० घरपरिवारलाई क्लबले उनीहरुको घरमै पुगेर खाद्यान्न सामाग्री वितरण गरेको क्लबका अध्यक्ष विनय कुमार मिश्राले बताए । ५० घरपरिवारलाई ५ किलो आंटा, १ किलो आलु, १ प्याकेट नुन र आधा किलो प्याज वितरण गरिएको मिश्राले जानकारी दिए ।

बेथरीमा विपन्न घरपरिवारका साथै भाडामा बस्ने र यहाँको स्थानीय उद्योगहरुमा कार्यरत अन्य जिल्लाका मजदूरहरुलाई पनि राहत सामाग्री प्रदान गरेका छौं, उनले भने । बांकी रहेका घरपरिवारलाई केही दिनमै राहत वितरण गरिने क्लबका कोषाध्यक्ष दिनेश चौधरीले बताए ।

राहत वितरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, कोषाध्यक्ष पिन्टु कान्दु, व्यवसायी शैलेन्द्र बरई लगायतको सहयोग रहेको क्लबले जनाएको छ । यस अघि क्लबले प्रदेश २ का हावाहुरीबाट पीडित तथा मर्चवार क्षेत्रका बाढीपीडितलाई पनि राहत वितरण गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ३४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता