१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

खाजा खर्च कटाएर मास्क वितरण



भैरहवा । सिद्धार्थनगर नगरपालिकामा भएर पनि नगरको पिछडिएको वडा रुपमा रहेको वडा नम्बर ११ मा मास्क वितरण गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ मा ७ सय जनालाई मास्क वितरण गरिएको सञ्चारकर्मी शम्भु पन्तले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट बर्दघाट पश्चिम नवलपरासीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दामोदर मल्लले आफ्नो दुई महिनाको तलबबाट खाजा खर्च कटाएर मास्क वितरणमा सहयोग गरेको पन्तले जानकारी दिए । यस अघि मल्लले अर्घाखाँचीमा पनि स्यानेटाइजर र माक्स सहयोग गरिसकेका छन् । कोरोना भाइरसबाट बच्न माक्सको प्रयोग गर्न पन्तले स्थानीयलाई आग्रह गरे ।

मास्क वितरण गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दिलिप यादवले यस्तो महामारीको बेला मास्क सहयोग गर्नु प्रशंसनीय रहेको बताए । उनले यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । वितरण गरिएका मास्कहरु प्रयोग गर्न वडाअध्यक्ष यादवले स्थानीयलाई आग्रह गरे ।

मास्क वितरण कार्यक्रममा समाजसेवी कृष्ण यादव, रुपेश गुरुङ, सञ्चारकर्मी रवि पन्त लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ४० बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को