५ पुस २०८२, शनिबार | December 20, 2025

खाजा खर्च कटाएर मास्क वितरण



भैरहवा । सिद्धार्थनगर नगरपालिकामा भएर पनि नगरको पिछडिएको वडा रुपमा रहेको वडा नम्बर ११ मा मास्क वितरण गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ मा ७ सय जनालाई मास्क वितरण गरिएको सञ्चारकर्मी शम्भु पन्तले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट बर्दघाट पश्चिम नवलपरासीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दामोदर मल्लले आफ्नो दुई महिनाको तलबबाट खाजा खर्च कटाएर मास्क वितरणमा सहयोग गरेको पन्तले जानकारी दिए । यस अघि मल्लले अर्घाखाँचीमा पनि स्यानेटाइजर र माक्स सहयोग गरिसकेका छन् । कोरोना भाइरसबाट बच्न माक्सको प्रयोग गर्न पन्तले स्थानीयलाई आग्रह गरे ।

मास्क वितरण गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दिलिप यादवले यस्तो महामारीको बेला मास्क सहयोग गर्नु प्रशंसनीय रहेको बताए । उनले यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । वितरण गरिएका मास्कहरु प्रयोग गर्न वडाअध्यक्ष यादवले स्थानीयलाई आग्रह गरे ।

मास्क वितरण कार्यक्रममा समाजसेवी कृष्ण यादव, रुपेश गुरुङ, सञ्चारकर्मी रवि पन्त लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ४० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता