१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

क्वुवाको स्वास्थ्यप्रणाली-एक समाजबादी क्रान्ति



दुनियाँ आज कोरोनाबाट आक्रान्त बनिरहेको छ। उद्गमस्थल चीनको वुहान मानिए पनि यसको संक्रमण मानवमा कसरी भयो भन्ने मतैक्यता पाइँदैन । अध्ययन हुँदै जाला, निष्कर्षहरु बिस्तारै निकालिएलान् ।

कोरोना संक्रमणले महामारीको रुप धारण गरिसकेको छ । अधिकाशं देशहरू यसको चपेटामा परिसकेका छन् । उद्गमस्थल चिनले यसलाई नियन्त्रणमा लिइसकेको दाबी गरेको छ भने शक्तिशाली मुलुकहरू यो लडाइँमा अत्यन्त कठिनाई भोगिरहेका छन् । उनिहरुको अत्याधुनिक प्रविधिले समेत निर्णायक भूमिका खेल्न सकिरहेको छैन । शक्तिशाली मुलुकहरू कोरोना विरुद्धको लडाइँमा असफल देखिएपछि विभिन्न स्वास्थ्य प्रणालीका विषयमा बहस सुरू भएको छ ।

तुलनात्मक रूपमा सानो तथा करिब आधा शताब्दीभन्दा लामो समय अमेरिकी नाकाबन्दी व्यहोरेर आर्थिक समस्यामा रहेको मुलुक क्युबाले कसरी संसारकै अब्बल स्वास्थ्य प्रणाली विकास गर्न सक्यो ? यस आलेखमा क्युबाको स्वास्थ्य प्रणालीलाई खोतल्ने प्रयत्न गरिएको छ ।

माथि नै चर्चा गरियो, क्युबा आर्थिक कोणबाट तुलनात्मकरूपले कमजोर मुलुक हो । उसको आर्थिक बृद्धिदर कमजोर हुने प्रक्षेपण भएका छन् । मासिक ज्यालादर करिब २० डलर छ। यो सम्भवत दुनियाँको सबैभन्दा कम हो ।

क्युबाको उसका स्वास्थ्य सुचकांक भने अब्बल छन् । सन् २०१९ मा संसारभरको बाल मृत्युदर सरदर ४२.५ प्रतिहजार हुँदा क्युबाको जम्मा ४.३३ थियो । जुन अमेरिकाको भन्दा कम हो । त्यसैगरी औसत आयु ७८.९ वर्ष छ, जुन विकसित मुलुकहरुको हाराहारी हो । डाक्टरको संख्या १ करोड १० लाख जनसंख्यालाई ९५ हजार छ । अर्थात्, करिब १ सय १५ जना बराबर एक डाक्टर छन् । जुन संसारको सबैभन्दा बढी हो ।

यसरी आर्थिक रुपले कमजोर मुलुकले स्वास्थ्य क्षेत्रमा असाधारण प्रगति हासिल गरेको छ । आन्तरिक स्वास्थ्यका साथै क्युबाका डाक्टरहरु अन्तर्राष्ट्रिय जगतमा समेत अब्बल साबित भएका छन् । आज पनि करिब ३० हजारको संख्यामा विभिन्न ६७ देशमा कार्यरत छन् । सरकारी स्तरबाटै पठाइने ती डाक्टरहरु, जसलाई फिडेल क्याष्ट्रोले’ आर्मी अफ ह्वाईट कोट’ को संज्ञा दिएका थिए, उनीहरु क्युवाको अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तार गर्नुको साथै विदेशी मुद्राको आर्जनको प्रमुख स्रोत बनेका छन् ।

विभिन्न देशमा आइपर्ने ठूलाठूला प्राकृतिक विपत्ति र महामारी नियन्त्रणमा क्युबाली डाक्टरहरुले सफल भूमिका निर्वाह गरिरहेका छन् ।

क्यूबाको स्वास्थ्य प्रणाली अध्ययन गर्दा सन् १९५९ मा पुग्नुपर्छ, जतिबेला फिडेल क्याष्ट्रोको नेतृत्वमा समाजवादी क्रान्ति मात्र सम्पन्न भएन, समाजवादी स्वास्थ्य मोडलको जग बसाल्ने काम समेत सुरु भयो । समुदायमा आधारित स्वास्थ्य प्रणालीमा जोड दिइयो ।

उता अमेरिकाले स्वतन्त्र बजारको नाममा स्वास्थ्य क्षेत्रको निजीकरणमा जोड दियो। पुँजीवादले स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने साधनका रुपमा प्रयोग गर्‍यो । जुन पुँजीवादको स्वभाविक चरित्र हो । पुँजीवाद नाफा केन्द्रित हुने हुँदा उसले ’रोग’लाई पनि नाफा आर्जन गर्ने अवसरको रुपमा लियो । त्यसैले अमेरिकाले रोगको रोकथाममा लगानी गरेन ।

तर क्युबाको समाजवादी मोडलमा निजी लगानी बर्जित थियो। जहाँ नाफाको गुञ्जायस थिएन । त्यसैले उसले रोग लागेर उपचारभन्दा, प्रतिरोध मा जोड दियो । स्वास्थ्य सेवालाई समुदायमा आधारित बनाइयो । विद्यालय शिक्षामा अनिवार्य स्वास्थ्य शिक्षा समावेश गरियो । मेडिकल विद्यार्थीहरुलाई निश्चित समय समुदायमा बसेर अध्ययन गर्नुपर्ने व्यवस्था भयो ।

पुँजीवादी मुलुकमा जहाँ बढी अवसर देखिन्छ, डाक्टरहरू त्यतै केन्द्रित भए, दूरदराजमा विशेषज्ञ सेवाको सधैं अभाव रह्यो । उनीहरु नाफाको पछाडि दौडिनु स्वाभाविक थियो ।

क्युबामा भने निजी स्वास्थ्य सेवाको अन्त्य र सामुदायिक स्वास्थ्य प्रणाली अवलम्बन गरेपछि डाक्टरहरू समुदायमा बस्न थाले । समुदायका हरेक मान्छेको स्वास्थ्य अवस्थाको विषयमा डाक्टरहरू जानकार रहे । उनीहरुको बीचमा भावनात्मक सम्बन्ध स्थापित भयो। हरेक नागरिकको घरघरमा पुगेर सेवा दिन थाले । उपचारभन्दा प्रतिरोधमा जोड दिने प्रणालीका कारण सररफाई, पोषण आदि पनि समुदायका डाक्टरहरूको प्रत्यक्ष निगरानीमा गर्न थालियो । र, क्युबाका जनताको स्वास्थ्य अवस्था गुणात्मक ढंगले सुदृढ़ भयो ।

विगत लामो समयदेखि क्युवामा कुनै महामारीको प्रकोप देखिएको छैन । प्रतिरोधी उपचार प्रणालीका साथै क्युवाले केही महत्वपूर्ण रोकथाम गर्ने भ्याक्सिन बनाएर दुनियाँलाई राम्रो गुन लगाएको छ । म्यानेन्जाइटिस ’बी’ विरूद्धको खोप, इबोला बिरुद्धको खोप, क्यान्सरका सेलहरुको बिस्तार रोक्ने खोप आदि बनाउनुका साथै एचआइभी संक्रमित आमाबाट बच्चामा सर्ने प्रकृया रोक्न क्युबा पूर्ण रुपले सफल भएको छ ।

अहिले कोरोनाको महामारीका बीच दुनियाँभर नाफामा आधारित पुँजीवादी स्वास्थ्य प्रणालीका विपक्षमा बहसहरु चलिरहेका छन् । स्वभावैले नेपाल पनि यस बहसबाट अछुतो रहन सक्दैन । नेपालको संविधानमा समाजवाद उन्मुख मुलुक लेखिएको र स्वास्थ्यलाई मौलिक हकमा राखिएको छ । अब नेपालको स्वास्थ्य प्रणालीको रुपान्तरणका विषयमा गम्भीर बहस जरुरी छ । क्युवाको समाजवादी मोडल हाम्रो लागि उपयुक्त हुनसक्छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ४७ बजे

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको