५ श्रावण २०८३, मंगलबार | July 21, 2026

भैरहवामा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना, आज ५ बजेदेखि परीक्षण सुरु



भैरहवा । रुपन्देहीको भैरहवामा स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।

मुख्य उपकरण बायोसेफ्टी क्याबिनेटमा एयर सर्कुलेसनको सफल परीक्षण भएपछि सुरु भएको हो । अब एक घन्टामा एकजनाको नमूना परीक्षण गर्न सकिने छ ।

राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको बिउ बिजन कार्यालय भवनमा प्रयोगशाला स्थापना गरिएको छ । बायोसेफ्टी क्याबिनेटमा एअर सर्कुलेसनमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट अर्को मेसिन ल्याएर परीक्षण गर्दा सफल भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

कोरोना जाँचका लागि स्थापना गरिएको प्रयोगशालामा पोर्टेबल पीसीआर मेसिन संघीय सरकारले उपलब्ध गराएको हो । प्रयोगशालामा बाहिरी हावा समेत पस्न नसक्ने, प्रयोगशालामा कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाहरु पनि हानिकारक तत्वबाट जोखिम नहुने प्रविधि बायोसेफ्टी लेबल समेत तयार भएको छ ।

पीसीआर र किटसहितको सामग्री चैत २० गते आए पनि मेसिन जडान लगायतका सबै काम आइतबार आज मात्रै सकिएको हो ।

कोरोना जांचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माईक्रोबायोलोजिष्ट बिष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज बस्नेतको टोली आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ०४ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको