५ पुस २०८२, शनिबार | December 20, 2025

भैरहवामा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना, आज ५ बजेदेखि परीक्षण सुरु



भैरहवा । रुपन्देहीको भैरहवामा स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।

मुख्य उपकरण बायोसेफ्टी क्याबिनेटमा एयर सर्कुलेसनको सफल परीक्षण भएपछि सुरु भएको हो । अब एक घन्टामा एकजनाको नमूना परीक्षण गर्न सकिने छ ।

राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको बिउ बिजन कार्यालय भवनमा प्रयोगशाला स्थापना गरिएको छ । बायोसेफ्टी क्याबिनेटमा एअर सर्कुलेसनमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट अर्को मेसिन ल्याएर परीक्षण गर्दा सफल भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

कोरोना जाँचका लागि स्थापना गरिएको प्रयोगशालामा पोर्टेबल पीसीआर मेसिन संघीय सरकारले उपलब्ध गराएको हो । प्रयोगशालामा बाहिरी हावा समेत पस्न नसक्ने, प्रयोगशालामा कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाहरु पनि हानिकारक तत्वबाट जोखिम नहुने प्रविधि बायोसेफ्टी लेबल समेत तयार भएको छ ।

पीसीआर र किटसहितको सामग्री चैत २० गते आए पनि मेसिन जडान लगायतका सबै काम आइतबार आज मात्रै सकिएको हो ।

कोरोना जांचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माईक्रोबायोलोजिष्ट बिष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज बस्नेतको टोली आएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ०४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता