१४ मंसिर २०८०, बिहिबार | November 30, 2023

सम्बन्धित प्रदेशभरका सूचना संकलन प्रदेश ५ सरकारले बनायो कोरोना एप



बटवल । प्रदेश ५ सरकारले कोभिड-१९ संग सम्बन्धित प्रदेशभरका सूचना संकलन र संप्रेषण गर्न मोवाइल एपको निमार्ण गरेको छ ।

आईतबार मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादर केसीद्धारा जारी बिज्ञप्तीमार्फत कोरोना भाइरस हाल विश्वमा महामारीको रुपमा फैलिएको छ । नेपाललाई महामारीको जोखिमबाट बचाउन हामी सबैको सक्रियता आवश्यक छ ।

तीनतहका सरकार आवश्यक समन्वय र सहकार्य गर्दै संभावित जोखिमबाट मुलुकलाई जोगाउन क्रियाशिल भइरहेको अवस्थामा नागरिकको पूर्ण सहयोग आवश्यक छ । जोखिमबाट नागरिकलाई जोगाउन सरकारले लकडाउन घोषणा गरेको छ र त्यसको पूर्णतःपालनाका लागि नागरिकलाई आग्रह गरिरहेको छ ।

देश लकडाउनमा रहेको अवस्थामा प्रकोप विरुद्ध लड्न प्रविधीको प्रयोग एउटा महत्वपूर्ण उपाय भएको उल्लेख गर्दे प्रदेश ५ को सरकारले निम्न बिशेषता सहितको एपस निर्माण गरेको बताउनुभएको छ ।

यस एपलाई आफ्नो मोबईलमा डाउनलोड गरी साईन अप गरेपछि कोभिड १९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाऊन सकिन्छ ।

#यस एप मार्फत Location सहितको स्वास्थ्य विवरण संकलन हुने भएकोले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्धत पुग्नेछ ।

#यस एपको माध्यमबाट कोभिड १९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरूका विवरणको विवरण पठाइ उपचार तथा व्यवस्थापनमा मद्दत गर्न सकिन्छ ।

#भर्खरै विदेशबाट नेपाल आउनु भएका व्यक्तिहरू क्वारेनटाईनमा बसे नबसेको विवरण समेत यस एप मार्फत पठाऊन सकिन्छ ।

#धेरै ठाउँमा मानिसहरु विदेशबाट आएर पनि सरकारी निर्देशन अनुरुप क्वारेनटाईनमा नबस्ने घटनाहरु सार्वजनिक भईरहेका छन् । यस्ता कृयाकलापले आफुलाई मात्र नभई समाजलाई नै खतरा पुग्न सक्ने विज्ञहरुको सुझाव छ । तसर्थ यदि तपार्इंको छरछिमेकमा त्यस्तो अवस्था भएको देख्नुभएमा यस एप मार्फत रिपोर्ट गर्न सक्नुहुनेछ।

#यस एपबाट कोभिड १९ सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्क एवं समाचारहरू समेत प्राप्त गर्न सकिनेछ ।

यस एप मार्फत संकलन हुने विवरणले कोभिड १९ विरुद्ध प्रदेशको स्वास्थ्यको विश्लेषणात्मक योजनामा निक्कै मद्धत मिल्नेछ । त्यसैले प्रदेश ५ का सम्पुर्ण बासिन्दाहरूमा यस एप मार्फत आफ्नो, परिवारको र छरछिमेकको कोरोना भारस कोभिड १९ संग संवन्धित विवरण पठाउन प्रदेश सरकार, प्रदेश ५ हार्दिक अनुरोध गर्दछ ।

यस एपमार्फत संकलन भएका सबै सूचना गोपनियताका साथ राखिने छ । यो एप प्रदेश नं. ५ मुख्यमन्त्री पोर्टल (http://cm.p5.gov.np) मा गइ डाउनलोड गर्न सकिने छ । साथै गुगल प्ले स्टोरमा समेत २०७६।१२।२४ गते देखि उपलव्ध हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ४९ बजे

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् ।

नेपाल सुपर लिग : साविक उपविजेता धनगढी र बुटवल लुम्बिनी फुटबल क्लब भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक

नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजबाट सुरु हुदैँछ

एनएसएल : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर

आजको मौसम : चार प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ