१८ माघ २०८२, आइतबार | February 1, 2026

कपडा तथा सिलाई व्यवसायीद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण



बुटवल । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही र बुटवल उपमहानगर समितिले आईतबार कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका विपन्न तथा श्रमजिवि नागरिकलाई राहात वितरण गरेको छ ।

बुटवल उपमहानगरभित्र सिलाई पेशा गरेर जीविका चलाएका र दैनिक मजदुरी गरेका बुटवल उपमहानगर वडा न. ८ र ११ का ७५ विपन्न श्रमिक परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा न. ८ मा वडाअध्यक्ष भिम बहादुर श्रेष्ठको उपस्थितीमा ४० परिवारलाई खाद्यान्न वितरण गरिएको छ । प्रति परिवार १० केजी चामल, १ लिटर तेल, २ किलो दाल, एक किलो आलू, आधाकिलो स्वयाविन, १ किलो नून र २ पोका चाउचाउ तिवरण गरिएको संघका अध्यक्ष सुभाष परियारले जानकारी दिनुभयो ।

यसैगरि वडा न. ११ मा वडा कार्यपालिका सदस्य माया दर्नालको उपस्थितीमा ३५ परिवारलाई तिवरण गरिएको छ । दुवै वडामा संघ रुपन्देहीका अध्यक्ष सुभाष परियार, बुटवल उउपमहानगरका अध्यक्ष राजेन्द्र यादव, व्यवसायीहरु सुवर्ण परियार, रमेश आब्जु, तिलक बस्नेत, विष्णु बस्नेत लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ४४ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३