१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

महिलाको गोलि हानेर हत्या



काठमाडौ । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ ।

उहाँको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “म घटनास्थलमा आफै खटिएको छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ ।”

भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली हानिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख महेन्द्र थापाले जानकारी दिनुभयो । गोली कसले हानेको भन्ने विषयमा अहिलेसम्म यकिन जानकारी नखुले पनि घरमा अरु कोही नभएको र उहाँका २२ वर्षीया श्रीमान् खड्क वन मात्रै भएकाले उहाँले नै हानेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्रपट्टीको कोठामा घटना भएको र सोही कोठाको एक कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृतक अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेका बेला एक्कासी गोली पड्किएको आवाज आएको र त्यसपछि आफू माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीको टोली घटनास्थल पुगी खड्क वनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको गएको फागुन १३ गते विवाह भएको खुल्न आएको प्रहरी प्रमुख देउवाले बताउनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ५० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा