१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विपद/ प्रकोप व्यवस्थापन कोषमा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीद्रारा ५ लाख बढी सहयोग



भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले जिल्लाका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेका विपद/ प्रकोप व्यवस्थापन कोषमा ५ लाख बढी सहयोग गरेको छ । संघले नगद र चेकमार्फत तथा खाद्यान्न सामाग्री गरी ५ लाख ४९ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो ।

संघले प्रदेश ५ सरकारद्धारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ हजार, मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणीमा ८१ हजार, ओमसतियामा ७५ हजार, कोटहीमाईमा ३५ हजार, सियारी र शुद्धोधनमा ३०/३० हजार सहयोग गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताउनुभयो । त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको गुप्ताले जानकारी दिनुभयो ।

“विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारहरुले स्थापना गरेका विपद् व्यवस्थापन कोषमा सहयोग गरेका हौं, समाजप्रतिको उत्तरदायित्वलाई बहन गर्न जिल्लाका विभिन्न ईट्टा उद्योगीहरुको यसमा साथ छ, उहाले भन्नुभयो ।”

संघका अध्यक्ष थानेश्वर घिमिरेको अगुवाइमा राष्ट्रिय विपद्को घडीमा सहयोगको हात अगाडी बढाइएको गुप्ताले बताउनुभयो । त्यस्तै कोरोना संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्रै बसेर सुरक्षित हुन संघले सबैलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ४ : ४६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले