८ चैत्र २०८२, आइतबार | March 22, 2026

विपद/ प्रकोप व्यवस्थापन कोषमा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीद्रारा ५ लाख बढी सहयोग



भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले जिल्लाका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेका विपद/ प्रकोप व्यवस्थापन कोषमा ५ लाख बढी सहयोग गरेको छ । संघले नगद र चेकमार्फत तथा खाद्यान्न सामाग्री गरी ५ लाख ४९ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो ।

संघले प्रदेश ५ सरकारद्धारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ हजार, मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणीमा ८१ हजार, ओमसतियामा ७५ हजार, कोटहीमाईमा ३५ हजार, सियारी र शुद्धोधनमा ३०/३० हजार सहयोग गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताउनुभयो । त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको गुप्ताले जानकारी दिनुभयो ।

“विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारहरुले स्थापना गरेका विपद् व्यवस्थापन कोषमा सहयोग गरेका हौं, समाजप्रतिको उत्तरदायित्वलाई बहन गर्न जिल्लाका विभिन्न ईट्टा उद्योगीहरुको यसमा साथ छ, उहाले भन्नुभयो ।”

संघका अध्यक्ष थानेश्वर घिमिरेको अगुवाइमा राष्ट्रिय विपद्को घडीमा सहयोगको हात अगाडी बढाइएको गुप्ताले बताउनुभयो । त्यस्तै कोरोना संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्रै बसेर सुरक्षित हुन संघले सबैलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ४ : ४६ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded